
पर्वत जिल्लालाई माघ दोस्रो हप्ता भित्रमा पुर्ण साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले माघको दोस्रो साता पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी गरी रहेको जनाएको छ । जिल्लाका १५ देखी ६० बर्ष उमेर समूहका ९७ प्रतिशत जनसंख्या साक्षर भएपछि पर्वतलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए । १५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा माथि साक्षर भएको जिल्लालाई पूर्ण साक्षर भएको घोषणा गर्न मिल्ने प्रावधान रहेको छ । सोही बमोजिम माघको दोस्रो हप्ता भित्र जिल्लालाई पूर्णसाक्षर घोषणा गर्ने तयारी रहेको छ ।
पर्वतमा हालसम्म ५६ वटा वडा साक्षर घोषित भइसकेका छन् । बालकोट, ठुलीपोखरी, भुक, बाजुङ,राम्जा र तिलाहार पूर्ण साक्षर घोषणको अन्तिम चरणमा रहेका छन् । राष्ट्रिय अभियान अन्र्तगत २०६८ बाट यो कार्यक्रम लागू भए तापनि पर्वतमा भने आर्थिक बर्ष २०७०÷७१ वाट मात्र यो कार्यक्रम शुरु भएको थियो ।
आव २०७२÷७३ मा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने सोच बनाए तापनि नसकिएको र माघको दोस्रो साता भित्र जिल्ला पूर्ण साक्षर घोषित हुने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए । ‘आव २०७२÷७३ मा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने सोच बनाए तापनि विविध कारणले नसकिएको र माघको दोस्रो सातासम्म पर्वतलाई पूर्ण साक्षर घोषित गरिने पौडेले दावी गरे , ।’ ‘पर्वतका सबै गाविस र नगरपालिकाको वडाहरुमा साक्षरता कक्षाहरु सञ्चालन गरिएको र एकबर्ष बिद्यार्थी परिचालन कार्यक्रम पनि भएको उनले, बताए ।’ ‘साक्षरता भन्नाले सामान्य लेखपढ, हरहिसाब तथा फोन गर्न सक्नेलाई बुझिने उनको भनाइ छ, ।’