३२ असार २०८२, बुधबार

 

कपडा तथा फेन्सी व्यवसायी एकजुट भएर अगाडि बढाै – श्रेष्ठ

कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको ८ औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बागलुङमा सम्पन्न भएको छ । अधिवेशनबाट चन्द्रकान्त पौडेलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र शर्मा, सचिवमा गोविन्दप्रसाद सुवेदी, सहसचिव दिपकराज बास्ताकोटी, कोषाध्यक्षमा गोकुलप्रसाद कँडेल रहुनभएको छ । यस्तै सदस्यहरुमा हरेन्द्र शाह बानिया, रविन्द्रकुमार श्रेष्ठ, सुमन प्रधान, भीमकुमारी जिसी, सोभाकुमारी पौडेल, सोनुकुमार गुप्ता चयन हुनुभएको छ ।

उद्घाटनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठले कपडा तथा फेन्सी व्यवसायीका विभिन्न समस्या यथावत रहेको हुँनाले उनीहरुको हक हितको संरक्षणका लागि प्रयास गर्ने बताउनुभएको छ । कार्यक्रममा उद्योग बाणिज्य संघ बागलुङका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी, पुर्व अध्यक्ष युगेश्वर वझा, समाजसेवी देबबहादुुर श्रेष्ठ, राष्ट्रिय बाणिज्य संघ बागलुङका सचिव प्रकाश चालिसे, राष्ट्रिय उद्योग व्यापार संगठनका कोषाध्यक्ष मनोज थापा, समितिका बुर्तिबाङ उपशाखा संयोजक सबिन अर्गेजा, पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, महिलाहरुका तर्फबाट रुद्रा केसी, नारायणप्रसाद पौडेल, गणेश पौडेल लगायतले बोल्नुभएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष भोजराज रेग्मीको अध्यक्षता, निवर्तमान अध्यक्ष हरि सुवेदीको स्वागत मन्तव्य र सचिव रामचन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद वझाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung