२१ असार २०८२, शनिबार

 

प्रधानाध्यापक, शिक्षकका लागि विद्यालय सुरक्षा तथा विपद न्युनीकरण तालिम

विद्यालय सुरक्षा तथा विपद न्युनीकरण परियोजना सम्वन्धि दुई दिने प्रधानाध्यापक तथा सम्पर्क शिक्षकहरुका लागि पुनतार्जगी तालिम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग प्लान इन्टरनेशल नेपाल र गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारी सञ्चालित तालिमको समापन अवसरमा बोल्दै प्लान इन्टरनेशनलका प्रमुख नितु आचार्यले प्रत्येक विद्यालयलाई कसरी शुरक्षित बनाउन सकिन्छ भन्ने कुरा बागलुङ र पर्वतमा परियोजना प्रभावकारी देखिएकाले आगामी दिनमा सवैको सहकार्यमा अगाडी बढ्ने बताए । त्यस्तै उनले परियोजनाले ल्याएको कार्यक्रम भन्दा पनि प्रधानाध्यापक तथा शिक्षकहरुले स्वत स्फूर्त रुपमा कार्यान्वय गर्नुपर्ने बताइन् ।

भूकम्प दिवशका अवसरमा सञ्चालित तालिममा सिगाना माविका सम्पर्क शिक्षक दयाराम गौतम, महाविद्याजन माविका प्रधानाध्यापक रामबहादुर केसी, दुई दिने तालिमका बरिष्ठ प्रशिक्षक घनश्याम पौडेल लगायतले मन्तव्य राखेका थिए

 कार्यक्रम गाजा डेभलपमेन्ट फाउन्डेसन नेपाल बागलुङका अध्यक्ष यमप्रसाद क“डेलको अध्यक्षता र फिल्ड सुपभाइजर बलराम पौडेलले सञ्चालनमा सम्पन्न भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung