
अनेरास्ववीयु म्याग्दीले मंगलबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन श्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । १७ जना विद्यार्थीहरुलाई सर्ट, ज्याकेट, टोपी, गलबन्दि लगाएतका कपडा वितरण गरिएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ निलकण्ठ सुवेदीको रोहबरमा अनेरास्ववीयु म्याग्दीका अध्यक्ष सुवास बिक, कोषाध्यक्ष दर्पण रोका र सन्दिप शर्माको टोलीले कपडा वितरण गरेको थियो । यस अघि सोमबार बेनी नगरपालिका–५ बगुवाखोलाको बालजागृती आधारभुत विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।