१९ असार २०८२, बिहीबार

 

सुष्मा स्वराज कि सुष्मा कै राज ?

माघ महिनाको जाडो बाँकी भएकै समयमा छिमेकी मुलुक भारतीय विदेश मन्त्री सुष्मा स्वराजको दुई दिने भ्रमणले एकाएक तताउने काम गरेको छ । बेला न कुबेला बजिनेला भन्ने उखान जस्तो भारतिय विदेश मन्त्री नेपाल सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा आएको भने हैनन् भन्ने कुरा स्पष्ट भएको छ । न त देशमा नयाँ सरकार बनेको छ न त पुरानो सरकार कै निम्तो छ केही पनि नभए पनि सरासर नेपाल आउनु अनि शुरु मै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिसाग गोप्य रूपमा भेटघाट गर्नुलाई सामान्य रूपमा लिन मिल्दैन ।

भारतीय विदेशमन्त्री नेपाल आउने विषयमा एमाले अध्यक्ष ओली यस अघि नै जानकार रहेको ओली निकट नेताहरुले बताइसकेका छन् । माघ ७ गते मोदीले दोस्रोपटक फोन गरेका थिए । सोही दिन भएको टेलिफोन संवाद अनुसार मोदीले आफ्नी विश्वासपात्र स्वराजलाई नेपाल भ्रमण पठाएका हुन् । मोदीले फेब्रुअरी पहिलो साता विदेशमन्त्री स्वराजलाई नेपाल पठाउन लागेको जानकारी दिएका थिए । पछि दिल्लीसँग समन्वय गरेर भारतीय राजदूत मञ्जिब सिंह पुरीले भेटवार्ताको तारतम्य मिलाएका हुन् । स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिबसिंह पुरीले समन्वय गरे । तर सरकारी निकाय यो बारेमा बेखर नै रह्यो ।

साच्चै भन्ने हो भने दक्षिण छिमेकी भारतको नेपालको राजनीति देखि सबै विषयमा निकै चासो रहने गरेको छ ।नेपालमा नयाँ संविधान बनेदेखि नै छिमेकीले असन्तुष्टि जाहेर मात्रै गरेनन् । नेपालमा आर्थिक नाकाबन्दी समेत गरेर तमासा हेर्ने काम गरेको पनि धेरै भएको छैन । नेपालको रास्ट्रबादी ओली सरकार लाई ढालेर नयाँ सरकार बनाउने सबै खालको रणनीति भारतले खेलेको कुरामा पनि कुनै शंका भने छैन । अहिले देशमा नयाँ संविधान अनुसार स्थानीय तह प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेत सम्पन्न भैसकेको छ । देशको ७ वटा प्रदेशमा प्रदेश सरकार बनाउने तयारी अन्तिम चरणमा पुगेको समयमा परराष्ट मन्त्री सुषमा को भ्रमण लाई सद्भाव भ्रमण भन्दापनि राजनीति भ्रमण भन्नु नै उपयुक्त हुने देखिन्छ ।

नेपालको दुईदिने भ्रमणमा रहेकी भारतिय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका शिर्ष नेता प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई नेपालको परराष्ट्र र रक्षा नीति भारतले बनाउन पाउनुपर्ने माग अघि सारेकी छन् । उनले विगतमा भएका आपसी सहयोग र समझदारीका आधारमा भारतले नेपालको परराष्ट्र र रक्षा नीति बनाउन पाउनुपर्ने माग दाबी गर्नुलाई अझै पनि हाम्रो देश अर्ध सामन्ती र अर्ध औपनिबेसिक नै छ भन्ने कुरा भारतीय परराष्ट्रमन्त्री स्वराजको भ्रमण लाई लिन सकिन्छ । अहिले वाम गठबन्धनको बहुमतको सरकार बन्ने मात्रै हैन एमाले र माओवादी पार्टी एकता हुदै गरेको समयमा भएको भ्रमणलाई सबैले अर्थ पुर्ण रूपमा हेरिरहेका छन् ।

एकातिर भारत सरकारले नयाँ बजेट ल्याउन लागिरहेको छ भने अहिले आफुले गर्दै आएको आर्थिक सहयोग समेत बजेट मार्फत बढाएर दिने प्रस्ताव समेत भारतले नेपाल लाई गरेर हिजोका दिनमा बिग्रिएको सम्बन्ध लाई सुधार गर्ने प्रयास पनि संगसंगै गरिरहेको देखिन्छ । अहिले भएको परराष्ट्रमन्त्री स्वराजको भ्रमण लाई सकारात्मक दृष्टिकोणले हेर्ने हो भने हिजो केपी ओलीको समयमा बिग्रिएको सम्बन्ध सुधार गर्ने हो भन्ने देखिन्छ अर्को तर्फबाट यसलाई छिमेकीको नाङ्गो हस्तक्षेपको रूपमा पनि लिन सकिन्छ ।अब केही समयमै बन्ने वाम गठबन्धनका नेता समेत रहेका केपी शर्मा ओली अब नेपालको प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो विशेष दुतको रूपमा स्वराजलाइ पठाएर पहिलो भेटघाट एमाले अध्यक्ष ओलीसँग गर्नुलाई पनि चानचुने कुरा मान्नु हुदैन ।

जे होस सके धम्काएर नसके फकाएर जसरी पनि आफ्नो अनुकूल चलाउने प्रयास गर्ने भारतको पुरानो नीति नै हो भन्ने कुरा पनि घाम झै छर्लङ्ग छ । अहिले भारतका अर्थ मन्त्री अरूण जेड्डीले अहिले सार्वजनिक गरेको बजेट भाषण मार्फत नेपाललाई १० अरब ४० करोड रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

जुन सहयोग गत वर्षको तुलनामा ७५ प्रतिशत बढी हो भारत सरकारले गत वर्ष ३ अरब ५० करोड अनुदान सहयोग गरेको थियो । यसबाट पनि के कुरा बुझ्न सकिन्छ भने अहिले अर्को छिमेकी मुलुक चीन नेपालसँग नजिक हुन खोजेको भन्दै आर्थिक सहयोग बढाएको देखिन्छ ।हुनत जमाना अनुसार सहयोग बढाउनुलाई नकारात्मक भन्न मिल्दैन तर सहयोग नियत बस आउनु हुदैन । छिमेकी को भुमिका छिमेकी कै हुनुपर्छ ।

सद्भाव हुनु सकारात्मक हो तर हस्तक्षेप हुनुहुदैन भन्ने हामी नेपालीको अवधारणा हो । अहिले पनि स्वराजको भ्रमणलाई वर्तमान सरकार शेरबहादुर देउवाले नकारात्मक रूपमा लिएको देखिन्छ । कुनै पनि देशको सरकारको तर्फबाट अर्को देशको भ्रमण गर्नलाई त्यो देशको सरकारले स्वीकृति दिनुपर्छ ।तर अहिले पनि भारतीय परराष्ट्रमन्त्री सुस्मामा स्वराजको भ्रमण कुटनैतिक मर्यादा विपरित भएको भनेर टीका टिप्पणी भइरहेको छ ।

अहिले परराष्ट्रमन्त्री स्वराजले २ दिनको बिचमा जुन राजनीति भेटघाट गरे नेपालको राजनीतिमा जुन नयाँ तरङ्ग ल्याउने काम गरेका छन् यसलाई सकारात्मक मान्नुपर्छ । निर्वाचन आयोगले नयाँ सरकार गठन फागुनको पहिलो साता गर्नको लागि जुन कुरा सार्वजनिक गरेको छ । यसलाई पनि परराष्ट्रमन्त्री स्वराज आएपछिको राजनीति उपलब्धि हो भनेर समेत वश्लेषण हुनु त्यति राम्रो कुरा भने हैन तर जे होस बल्ल मुलुकमा नयाँ सरकार गठन हुने बाटो भने खुलेको छ । नेपालले पनि आफ्नो दुबै छिमेकीसँग समान सम्बन्ध कायम गर्नुपर्छ ।

हिजो बिग्रिएको भत्किएको सम्बन्धलाई सुधार गर्नु पर्छ हिजो जुन राष्ट्रवादी छवि कायम राख्न सफल भएका केपी शर्मा ओलिले भोलीका दिनमा प्रधानमन्त्री भए पछि त्यसलाई कायमै राख्न सक्नुपर्छ भन्ने नेपाली जनताको पनि चाहना छ । हिजो विदेशी प्रभुलाई भेट्न हामी भारत मै पुग्नुपर्ने बाध्यता थियो तर अहिले हाम्रो नेताको आग्रहमा विदेशी प्रभु नै नेपालमा दर्शन दिन आउनुलाई पनि अर्को परिवर्तन हो भन्ने राजनीति विश्लेष्ण पनि अहिले भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung