
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटको मुल व्यवस्थापन समितिको प्रतिनिधि अध्यक्षमा ऋषि प्रपन्नाचार्य चयन भएका छन । बिहीबार भएको भेलाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा खेमराज सापकोटा, महासचिवमा माधवप्रसाद शर्मा, सचिवमा नारायणप्रसाद आचार्य र कोषाध्यक्षमा होमबहादुर हमाल रहेका छन ।
यस्तै सदस्यमा चित्रबहादुर केसी, शालीग्राम सापकोटा, टुल्कीदेवी सापकोटा, कृष्णप्रसाद आचार्य, कुलप्रसाद आचार्य चयन भएका छन । भेलाले विषयगत उपसमितिका संयोजकहरु पनि चयन गरेको छ । पूर्व प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्मा अनुगमन समितिको संयोजक, निर्माण व्यवस्थापन संयोजकमा कर्णबहादुर क्षेत्री आचार्य, लेखा व्यवस्थापन संयोजकमा कुलप्रसाद उपाध्याय चयन भएका छन ।
यस्तै, खानेपानी व्यवस्थापनमा दीपबहादुर केसी, जन्मभूमि व्यवस्थापनमा देवीप्रसाद सापकोटा, दानपात्र व्यवस्थापनमा कृष्णप्रसाद आचार्य, सरसफाइ व्यवस्थापनमा टिकाराम सापकोटा, रात्री जागरण व्यवस्थापनका लक्ष्मण न्यूरे, मिडिया परिचालनको संयोजकमा राजेशचन्द्र राजभण्डारी चयन भएका छन । समितिको सल्लाहकारहरुमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल लगाएत रहेका छन ।
पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यले पूर्वाधार निर्माणको काम भइरहेको छ । एक सय ८ फिट अग्लो विश्व शान्ति कलशदेखि अन्य संरचनाहरु बन्ने चरणमा छन् । स्वामी कमलनयनाचार्य मुक्तनाथ बाबाको संकल्प र विशेष पहलमा सर्वसिद्धिधाम पञ्चकोटलाई धामको रुपमा विकास गर्न लागिएको हो । सम्पूर्ण पूर्वाधार र संरचना बन्न रु. दुई अर्ब खर्च हुने जनाइएको छ ।