२९ असार २०८२, आईतवार

 

धौलागिरि टेलिभिजनको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

धौलागिरी अञ्चलको पहिलो धौलागिरि टेलिभिजनको चौथो वार्षिक उत्सव सम्पन्न भएको छ । बागलुङमा रहेको मानव सेवा आश्रमलाई वासिङ मेशिन हस्तान्त्रण गरी दिवस मनाएको हो ।

औपचारी कार्यक्रम भन्दा गरिव असाय र जेष्ठ नागरिकहरुलाई सयोग गर्ने गरी विगतका वार्षिक उत्सव मनाउदै आएको टेलिभिजनले मानव सेवा आश्रमको आवश्यकता महशुस गरी वासिङ मेसिन हस्तान्त्रण गरिएको थियो ।

धौलागिरी टेलिभिजन प्रालिका उपाध्यक्ष दयाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले श्रब्य र दृष्य प्रशारण गर्ने टेलीभिजन वर्तमान समाजमा प्रभावकारी विद्युतीय सञ्चारको रुपमा स्थापित हुदै गएको बताए । पौडेलले निजि क्षेत्रको लगानिमा संचालित टेलिभिजनले धौलागिरीको सामाजिक उत्तरदायित्व वहन गरेको वताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्मा,प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापा,प्रेस युनियनका सचिव संगम घर्ती ,मानव सेवा आश्रमका अभिभावक संयोजक मनिष रायमाझि लगाएतले शुभ कामना मन्तव्य व्यक्त  गरेका थिए ।

सो अवसरमा वोल्ने वक्ताहरुले धौलागिरीमा टेलिभिजन पत्रकारीताको सुरुवात गरी श्रब्य र दृष्य समाग्रि प्रशारण गरी जनाचामा सुचना प्रवाह गर्न महत्वपुर्ण भुमिका खेलेको वताउदै दर्शकको चाहना अनुसार समय सापेक्ष रुपमा अगाडी वढ्न आग्रह गरेका थिए । टेलिभिजनले मनोरन्जन र समाचार तथा सूचनाको साथसाथै सामाजिक जागरण, पारदर्शीता, शुषासन र दिगो विकासका लागि सन्देशमुलक कार्यक्रम उत्पादन एवं प्रशारणमा जोड दिनुपर्ने बताए ।

प्रवन्ध संचालक प्रकाश पौडेलले स्वागत र कार्यक्रमको संचालन सचिव रामबहादुर जिसीले गरेका थिए । सोही अवसरमा टेभिजनका लेखा समिति संयोजक सिद्धार्थ मिलन श्रेष्ठले भाई डक्टर सगुन मिलन श्रेष्ठको जन्मदीनको अवसरमा स्टील दराज ,कोषाध्यक्ष असोक कुमार श्रेष्ठले खाद्यान्न र हालै वैवाहिक जिवनमा वाधिनु भएका टेलिभिनका वजार प्रतिनिधि प्रविना रोकाले नगर ५ हजार मानव सेवा आश्रमलाई सहयोग गरेका थिए ।

टेलिभिजनले पहिलो वार्षिक उत्सवमा म्याग्दीको गलेश्वरमा रहेको जेष्ठ नागरीक आश्रमका ५० जना जेष्ठ नागरीकहरुको स्वास्थ्य परिक्षण शिविर र फलफुल वितरण गरि मनाएको थियो भने दोस्रो वार्षिक उत्सवको अवसरमा मालढुङमा रहेका माझि समुदायका विपन्न वालवालिकालाई पोषाक हस्तान्त्रण गरेको थियो ।

धौलागिरि अञ्चलको पहिलो टेलिभिजनका रुपमा स्थापित धौलागिरि टेलिभिजनले आफ्नो सेवालाई प्रदेश नं. ४ मा विस्तार गर्ने तयारी थालेको छ ।

धौलागिरि अञ्चलवासीलाई सेवा दिने उदेश्यका साथ २०७० असोज १९ गते परिक्षण प्रशारण शुरु गरी चैत २ गतेदेखि औपचारिक रुपमा सेवा प्रारम्भम गरेको टेलिभिजनले यसै आर्थिक वर्षदेखि प्रदेश नं. ४ का सबै जिल्लामा सेवा विस्तार गर्न लागेको हो ।

सामाजिक परिवेश सुहाउँदो हुने गरी स्थापित गर्न आफुहरु प्रतिवद्ध रहेको टेलिभिजन प्रालिका अध्यक्ष राजकुमार श्रेष्ठले वताएका छन । टेलिभिजन ५ औं वर्षमा प्रवेश गरेको अवसरमा विषम परिस्थितिमा पनि जनताको सुसूचित हुन पाउने अधिकार पूरा गर्ने अठोट व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung