२२ असार २०८२, आईतवार

 

एसईई परीक्षामा पर्वतबाट ३ हजार ४३ विद्यार्थी सहभागी हुँदै

१० बर्षसम्म विद्र्थीले सिकेको शिक्षालाई प्रमाणिकरण गर्ने माध्यमका रुपमा रहेको एसईई परीक्षाको सम्पूर्ण तयारी पर्वतमा पनि पुरा भएको जिल्ला शिक्षा कार्यालय पर्वतले जानाकारी दिएको छ ।

कार्यालयले मंगलवार पत्रकारहरुसँगको छलफलमा परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जानाकारी दिएको हो । चैत्र आठ गतेदेखि संचालन हुने परीक्षामा पर्वतबाट तीनहजार ४३ जना विद्यार्थी सहभागी हुनेछन् । जसमध्ये यो परीक्षामा १५ सय ३१ छात्रा र १५ सय १२ जना छात्र रहेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानाकारी दिए । जिशिअ पौडेलले विगतका बर्षहरुभन्दा अझ बढि मर्यादित र व्यवस्थित तरिकाले परीक्षा संचालन गर्नेगरि तयारी गरिएको वताउदै सबै सरोकारवालाहरुलाई सहयोगकालागि आग्रह गरे ।

यो परीक्षामा नियमिततर्फबाट २८ सय ७९, एक्जाम्टेड तर्फबाट एकसय १५ र प्राविधिकतर्फ ४९ जना विद्यार्थीले भाग लिन लागेको विद्यालय निरिक्षक झकप्रसाद गौतमले वताए । परीक्षा चैत्र ८ गते विहान ८ बजेबाट शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung