३२ असार २०८२, बुधबार

 

नेपाली कांग्रेसद्धारा क्षेत्र नं २ मा प्रशिक्षण

नेपाली कांग्रेस क्षेत्र नं २ बाग्लुङले गांउपालिका तथा नगरपालिका स्तरीय प्रशिक्षण कार्यक्रमलाई बिहिबारदेखि अगाडि बढाएको छ ।
जिल्लाको क्षेत्र नं २ अन्र्तगत तमानखोला, निसिखोला, वडिगाड,र ताराखोला गांउपालीका तथा ढोरपाटननगरपालीका, गल्कोट नगरपालीकामा आफनो प्रशिक्षण मुलक कार्यक्रम सुरु गरीएको क्षेत्रिय सभापती ढोर्णकुमार कुवंरले बताए ।
बिहिबार तमानखोला गांउपालिकादेखि सुरु गरीएको अभियानमा पार्टि संगठन संगै भातृ तथा सुबेच्छुक संघ, पार्टिको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनीधि लगाएतलाई प्रशिषण दिंदै चुस्त दुरुस्त बन्दै जनताको हितमा काम गर्न र पार्टिको निती, कार्यक्रम अनुसार परिचालीत हुनका निम्ती आग्रह गरीएको हो ।
सोहि अबसरमा पार्टिमातहत रहेका अगुवा कार्यक्रतालाई थप गतिशिलता, अनुसासित एवम जवाफदेहिता, बन्नुका साथै नेतृत्वबिकासका लागि बिचार र दर्शनद्धारा अगाडि बद्नका निम्ती प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको बताईएको छ ।
आयोजित कार्यक्रमका अबसरमा नेपाली कांग्रेस क्षेत्र नं २ सभापती दोर्णकुमार कुवंरको अध्यक्षता, ओखल्ढुंगाबाट निर्वाचित पुर्व साम्सद एवम नेपाली कांग्रेसका नेता रामहरी खटिवडाको प्रमुख आतिथ्यता रहेको हो । त्यस्तै बिशिष्ठ अतिथीमा नेपाल शिक्षकसंघ पुर्वसभापती मोहन ज्ञवाली, डाः राजकुमार राई, साम्सद प्रकाश स्नेहिको बिशिष्ठआतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी खटिवडाले बोल्दै यतिबेला राष्ट्रवादिका नाममा केपिओली सरकारले जनताको आंखामा छारो हालेर भोट बटुलेको बताउदै खोक्रो राष्ट्रियता लामो समय नटिक्ने जिकिर गर्दे नेपाली कांग्रेस पार्टिले यसपटकको मतका आधारमा चुनाब हारेपनी सैदान्तिक रुपमा बिचलीत नभएको बताए ।
त्यस्तै बिशिष्ठ अतिथीका रुपमा रहनुभएका मोहन ज्ञवालीले बोल्दै बामपन्थिले कुरा धेरै काम थोरै गर्ने भएका कारण त्यसको नतिजा आगामि पांचबर्ष भित्र जनताले देखाईदिने बताए ।
डा राजकुमार राई, र साम्सद प्रकाश स्नेहिले बोल्दै नेपाली कांग्रेस पार्टि यसपटकको चुनाबमा मतका आधारमा बैचारीक रुपमा कहिल्यै बिचल्लीत नहुने तर्क राख्दै राजनैतिक क्षेत्रमा एकपटक हार हुंदैमा धेरै निरास भएर नबस्न कार्यक्रतालाई आग्रह गरे ।
आयोजित कार्यक्रममा अतिथीको रुपमा पुर्व साम्सद नरबहादुर पुन (निरज),महादिबेशन प्रतिनीधि सिंहबहादुर राना, जित शेरचन, सागर छन्त्याल, तमानखोला गांउपालिका पार्टि सभापती खगेन्द्रमान पुन, गांउपालीका प्रमुख जोकलाल बुढा, लगाएतको आतिथ्यता रहेको कार्यक्रममा पार्टिको तर्फदेखि स्थानीय तहचुनाबमा निर्वाचित जनप्रतिनीधि, भातृ संगठन, अगुवा कार्यक्रता लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सभापती दोर्णकुमार कुवंरले बोल्दै पार्टिलाई शशतिmकरण तवरले अगाडि बढाउनका निम्ती सबै स्थानीय तहमा संगठनलाई दरीलो बनाउने, सबै कार्यक्रता देखि नेतृत्व तहमा रहेका जनप्रतिनीधिले बिधि बिधान तथा निती बमोजिम चुस्त दुरुस्त तवरले जनताको मन जित्ने गरी काम गनुपर्नेमा जोड् दिए ।
कार्यक्रम नेपाली कांग्रेस तमानखोला गांउपालिका सम्योजक खगेन्द्रमान पुनको स्वागत , भुमिराज सुन्चौरीको सञ्चालनमा सम्पन्न भएको हो । सोहि कार्यक्रम शुक्रबार ढोरपाटन नगरपालिकाकेन्द्र बुर्तिबाङमा हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung