२३ असार २०८२, सोमबार

 

रेड सचेतना तालिम

बेनीमा बिहीबार सरोकारवालाहरुका लागि रेड सचेतना तालिम सम्पन्न भएको छ ।
क्षेत्रीय वन तालीम केन्द्र पोखराको आयोजनामा तिन दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी, पर्वत र बागलुङका वन प्राबिधिक, सामुदायीक वन उपभोक्ता महासंघ र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

तालीमको समापन गर्नुहुदै जिल्ला वन अधिकृत माधवप्रसाद देवले नेपालले वनको विकास, संरक्षण र कार्वन उत्र्सजन न्युनीकरण गरी कार्वन ब्यापार गरेर आम्दानी गर्ने सम्भावना रहेको बताए ।

विश्वका औद्योगीक विकसीत देशहरुले उत्र्सनजन गर्ने कार्वन खपत गरेर नेपालको वनले वातावरण संरक्षणमा योगदान गरेको सन्देश सर्वसाधारणमा पुराउनुपर्ने बताए ।

रेड कार्यान्वयन केन्द्रका उपसचिव अजयबिक्रम मानन्धरले नेपालमा कार्वन उत्र्सजन न्युनीकरण रणनीती बनाएर वन क्षेत्रको लगानी कार्यक्रम कार्यान्वयनको तयारी भएको जानकारी दिए ।

उपसचिव मानन्धर, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव मेघराज पौडेल र शाखा अधिकृत तिलकबहादुर थापाले तालीमको सहजिकरण गरेका थिए । समापन कार्यक्रममा सहभागी माया अधिकारी र रामकृष्ण न्यौपानेले समेत मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung