२६ असार २०८२, बिहीबार

 

मानव सेवा आश्रमलाई पत्रकार महासंघको सहयोग

नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिबसको अबसर पारेर बागलुङको मानव सेवा आश्रममा खाध्यन्न सहयोग हस्तान्तरण गरेको छ ।
सामाजिक उतर दायित्व मानवीय कार्य अन्तर्गत नेपाल पत्रकार महासंघले प्रत्येक बर्ष फरकफरक खालको कार्यक्रम गर्दै आएकोमा यस बर्ष
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो स्थापना दिबस प्रभातफेरि गरेर मानव सेवा आश्रममा कार्यक्रम गरि चामल नुन तेल दाल लगायतका खाध्यन्न सामाग्री आश्रमका अध्यक्ष मनिष रायमाझी लाई नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी हरिनारायण गौतम रामबहादुर जिसिले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा मानव सेवा आश्रमलाइ सहयोग प्रदान गरेकोमा पत्रकार महासंघलाई मानव सेवा आश्रमका अध्यक्ष मनिष रायमाझीले धन्यवाद दिएका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी पुर्ब अध्यक्ष हरिनारायण गौतम पुर्ब अध्यक्ष रामबहादुर जिसी नेपाल प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्माले अबको पत्रकारिता सामाजिक उतरदायित्व सहितको हुनुपर्ने आर्थिक समबृद्दिको पक्षमा कलम चलाउनु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तब्य नेपाल पत्रकार महासंघका सहसचिव सुबास आचार्य अध्यक्षता उपाध्यक्ष उषा पौडेल र संचालन सचिव राम थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung