
नेपालका राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओलिलार्इ छिमेकी मुलुक भारतका समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो पठाए पछि अहिले फेरि एकपटक प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपाल र भारतमा राजनीति तरङ्ग फैलाइदिएको छ ।२०७२ सालमा प्रधानमन्त्री भएको समयमा भारतले गरेको नाकाबन्दी र ओलीले लिएको राष्ट्रवादी अदान कै कारणले नेपालका प्रधानमन्त्री ओलि बिश्व जनसमुदाय सामु चर्चित समेत बन्न पुगेका हुन् साच्चै भन्ने हो भने आफ्नो चाहना विपरित बनेको नेपालको संविधान नै मित्र राष्ट्रको टाउको दुखाइको बिषय बन्न पुगेको थियो ।
अनेक प्रकारका खेल खेल्दा पनि नेपाललाई गलाउन नसकेको इतिहास बनिसकेको छ ।सधैं सधैं आफ्नो गुलाम जस्तो व्यवहार गर्ने भारतको हेपाहा प्रबृत्ति पनि अहिले आएर सारा नेपालीले थाहा पाइसके हाम्रो राजनीति नेताहरू पनि सरकार प्रमुख बन्न भारत कै शासकको दलाली गर्ने चाकरी गर्ने गरेको कुरा पनि अहिले घामजस्तो छर्लङ्ग भएको छ ।
जब जब देशमा प्रधानमन्त्री परिवर्तन हुन पुग्छ तब तब नेपालका प्रधानमन्त्रीले छिमेकी मुलुक मध्य चीनको हैन भारत कै भ्रमण हुने गर्छ
पुरानो परम्परा अहिलेसम्म कायमै छ अरू कुरामा क्रम भंग भए पनि भारतीय शासकको चाकरी चाप्लुसीमा जाने कुरामा भने अहिलेसम्म क्रम भंग हुन सकेको छैन ।साच्चै अहिलेसम्म नेपाली जनताले बुझ्न नसकेको कुरा के हो भने नेपालमा जुनसुकै पार्टीको नेता प्रधानमन्त्री भए पनि भारत नगै नहुने कस्तो अचम्मको परम्परा बसेको छ ।
२००७ सालमा १०४ बर्षिय राणा शासनको अन्त्य भयो तर त्यो संझौता पनि छिमेकी मुलुक भारतले नै गराइ दियो अहिलेसम्म पनि भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको देखिन्छ ।२०४६ सालमा पंचायती प्रधानमन्त्री मरिचमान सिंहले देशको पक्षमा अदान लिदै गर्दा भारतले नाकाबन्दी गरेर दुख दिने काम गरेको कुरा अहिले पनि नेपाली जनताले भुलेका छैनन् ।मरिचमान को अदान कायमै रहदै थियो तर भारतले पंचायती ब्यबस्थाको बिरोधमा भएको आन्दोलनलाई खुलेआम समर्थन गरेर नेपालमा प्रजातान्त्र नभएको आरोप लगायो ।साच्चै ३० बर्ष सम्म पंचायतले शासन गर्दा प्रजातान्त्र कहाँ थियो भारतले के हेरिरहेको थियो कुरा स्पष्ट छ जुन बेला सम्म नेपाली शासक भारतीय शासकको दास बन्न तयार हुन्छ त्यो बेला सम्म उसलाई केही मतलब हुदैन ।
अहिले फेरि नेपालमा बामपंथी गठबन्धन बाट शक्तिशाली प्रधानमन्त्री बन्न सफल हुनु भएका केपी शर्मा ओली लाई भारतीय समकक्षी मोदीले
भारत भ्रमणको निम्तो दिएको छ जसलाई सकारात्मक कदम मान्नुपर्छ तर हिजोका दिन जसरी सम्बन्ध बिग्रिएको थियो अब त्यसलाई सुधार गर्ने तर्फ दुबै देशले ध्यान दिनुपर्ने देखिन्छ ।अहिलेसम्म भारतमा जादैगर्दा नेपालको एजेन्डा के हो कुन कुन बिषयमा छलफल गर्ने भन्ने सरकारले निति बनाउन जरुरी छ ।पटकपटक बिग्रिएको सम्बन्ध लाई सुधार गर्ने भनेर प्रयास गरेपनि त्यो सुधार हुनसकेको भने देखिदैन ।जब सम्म भारतले आफुले भने जस्तो हुदैन तबसम्म उसले जुनसुकै मुल्य चुकाउनु परेपनि तयार हुन्छ तर आफ्नो काम कुरा पूरा गराएर नै छोड्छ अबस्था यस्तो छ ।अहिले सम्म रास्ट्रबादी छवि बनाउन सफल नेपालका प्रधानमन्त्री केपी ओली लाई भने हिजो ९ महिने शासनकालमा त्यो इतिहास लाइ कायमै राख्न भने निकै सकस पर्ने देखिन्छ ।अबको प्रत्येक दिन प्रत्येक पल चुनौतीको पहाड तिर हिड्नु पर्ने छ
भारतले हिजो गरेको नाकाबन्दीले नगलेको ओलीलाइ फेरि नयाँ जालमा षड्यन्त्रमा पारेर फेरि पनि आफ्नो दास बनाउन चाहन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।तर यसको मतलब भारतको भ्रमण नगर्ने भनेको पनि हैन निम्तो दिएको ठाउँमा जानुपर्छ तर गएर आफ्नो कुरा आफ्नो एजेन्डा स्पष्ट संग राख्न सक्नुपर्छ ।
पटकपटक १९५० र १९६५ नेपाल भारत बिच भएको असमान सन्धि संझौता खारेज गरेर अहिले नयाँ सन्धि गर्ने भनेको पनि ३० बर्ष भन्दा बढी भैसक्यो तर खाली कुरा कुरामै सिमित हुन पुगेको छ ।
महाकाली सन्धि पनि अहिलेसम्म लथालिङ्ग अबस्थामा छ अहिलेसम्म केही प्रगति भएको छैन देशमा शासक छिनछिनमा परिवर्तन भइरहन्छन् अहिलेसम्म भारतीय शासकले नेपालको सरकार प्रमुखलाई बिरालोले मुसा खेलाजसरी खेलाउने गरेकाछन् तर पनि सरकारमा पुग्नको लागि मुसा बन्नपनि तयार हुने प्रबृत्तिकै कारणले पनि भारती दबदबाब कायमै छ अहिले हुन लागेको भारत भ्रमण पनि पुरानो परम्परा कै निरन्तरता हो अहिले प्रधानमन्त्री ओली भारत जाने कुराले पनि निकै चर्चा परिचर्चा पाएको छ अब भने भारतमा गएर आउने मात्रै ठूलो कुरा भएन अहिलेसम्मको शाख जोगाउने नै प्रमुख कुरा हो ।बामपंथी गठबन्धन बाट देशको शक्तिशाली प्रधानमन्त्री भएपछि भारतीय परराष्ट्रमन्त्री सुषमा स्वराजलाई नेपालमै बोलाएर कुराकानी गर्ने काम भए पछि भारत सरकारको निम्तो पठायो साच्चै बाहिर सतहबाट हेर्दा
भारतले राम्रोसंग बोलाएको देखिन्छ तर भारतको मुख्य उदेश्य भनेको समेसम्म फकाउने अनि आफ्नो अनुकूल चलाउने नै हो भन्दा फरक पर्दैन हो नेपालले पनि दुबै छिमेकी संग समान धारणा र व्यवहार गर्न सक्नुपर्छ ।देशको पक्षमा देशको हितमा आफ्नो अदान कायमै राख्न सक्नुपर्छ ।अहिलेसम्म जुन इतिहास बनाउन सफल छबि ओलिले बनाउन सफल भएका छन् त्यसलाई जोगाउन सक्नुपर्छ ।
भारत संग हुने सहमति संझौता स्पष्ट रूपमा नेपाली जनताले बुझ्ने भाषामा भोलिका दिनमा सार्वजनिक गर्न सक्ने हैसियत पनि राख्न जरुरी छ ।तर यसपटक भने ओलीले भारत सरकार संग कुनै सन्धि संझौता गर्ने कार्यक्रम बनाएको देखिदैन तर भारतले आकस्मिक रूपमा केही कुरा गर्न गराउने प्रयास गर्न सक्छ यसबारे सचेत रहन जरुरी छ अहिले नेपालले भोग्दै आएको ब्यापार घाटा कम गर्ने उपाय पनि खोज्न जरुरी छ ।भारत लाई बिश्वासमा लिएर नेपालले लिन सक्ने फाइदा लिनुपर्छ भारत लाई पनि हामीले दिनुपर्ने बिश्वास दिलाउनु पर्छ । हिजो जसरी सम्बन्ध चिसो भयो त्यसलाई भने अब राम्रोसँग सुधार गर्न जरुरी छ सिमानामा हुने भारतीय सुरक्षाकर्मिको ज्यादती बन्द गराउन पहल गर्नुपर्ने देखिन्छ सकेसम्म सिमानामा काँडेतार लगाएर दुबै देशको शान्ति सुरक्षा हुने कामको लागि समेत एजेन्डा राख्न जरुरी देखिन्छ ।