२९ असार २०८२, आईतवार

 

नेकपा माअाेवादि केन्द्र ढाेरपाटन नगरपालिकाकाे भेटघाट तथा प्रशिक्षण सम्पन्न

नेकपा माअाेवादि केन्द्र ढाेरपाटन नगरपालिका स्तरीय भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ।  भेटघाट तथा प्रशिक्षण कार्यक्रमा बिगतमा भएका स्थानीय तह  संघ र प्रदेशकाे निर्वाचनकाे बारेमा समिक्षा सहित भावी याेजना बारेमा  छलफल गरिएको छ ।
 प्रशिक्षण तथा भेटघाट कार्यक्रममा  बाेल्दै प्रमुख अतिथि नेकपा माअाेवादि केन्द्रका पाेलियुटब्युरो सदस्य एव जिल्ला ईन्चार्ज फमलाल निउरेले पाटिमा पहिले जे जस्ताे गल्ती कम्जोरी भएपनि त्यसलाई सच्चाउदै  अब पाटिकाे  सदस्ययता  नविकरण  कमिटीलाई जागरुक बनाउनेमा पहल थाल्नु पर्ने बताएका छन ।
नेपालमा सैद्धान्तिक हिसाबले पाटी कमै पुटेकाे स्मरण गराउदै नेता मिलेपछि सिद्धान्त र पाटिका कार्यक्रम पनि मिल्ने उनले बताए । नेपालमा बनेकाे संविधान अहिले।सम्मकै उत्कृष्ट भएकाले याे कार्यनयन पछि मात्र जनताले बिकासकाे अनुभुती गर्ने बताएका छन । अाज भाेली कम्नियुष्ट भने पनि व्यबहारमा काेहि पनि कम्नियुष्ट सिद्धान्तमा नरहेकाे उनकाे ठम्याइ रहेकाे छ।
कार्यक्रममा नेकपा माअाेवादि केन्द्र केन्द्रिय अायाेजक समिति सदस्य तथा जिल्ला संयाेजक ज्ञामनाथ गैरे अनिलले देशलाई बिकाश र समृद्धिमा लैजान बाम पाटिहरुकाे एकता हुनुपर्नेमा जाेड दिएका छन । उनले भने देशकाे राष्ट्रिय अर्थतन्त्र बढाउन र  दलाल पुजीपति निर्मुलका लागि २१ अाै शताब्दीकाे समाजवादी क्रान्तिकाे अावश्यकता रहेकाे बताएका छन । सिहदरबारकाे अधिकार गाउँ गाउँ अाएकाे भन्दै यसलाई दिर्धकालिन रुपमा स्थापित गराउन जनतानै अाफै  सचेत हुनुपर्ने बताएका हुन  ।

त्यसतै  नेकपा माअाेवादि केन्द्र केन्द्रीय अायाेजक समितिका सदस्य तथा जिल्ला सह संयाेजक राजिव घिमिरेले देशमा एमाले र माअाेवादिकाे एकताकाे खाका अाईसकेकाले अब एकता  संख्यामा नभई गुणमा हुनुपर्ने बताएका छन। एकता अाडमब र अहंकारले नभई सालिनतामा बताउदै । राजनैनिक बैचारिक र साङगाठानिकरुपमा  नेता तथा कार्यकर्ताकाे व्यवस्थापन नै एकता र मजबुत र सृदिकरण हुने बताए ।

भेटघाटमा ढाेरपाटन नगरपालिकाका ९ वटै  वडाहरुबाट पाटिमा भईरहेका गतिविधिका बारेमा  रिपोर्टिङ गरिएकाे थियो । कार्यक्रममा पाटिका सदस्य लगाएत अन्य केन्द्र सदस्यियहरुलाई पाटिकाे सदस्य नविकरण तथा सदस्यता लिनका लागि अाबहान गरिएको छ ।
कार्यक्रममा  नेकपा माअाेवादि केन्द्र जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर थापा शिखरले पाटिकाे गत चैत १० गते गरेकाे  परिपत्र बाचन गरेर सुनाएका थिए ।  एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष नगेन्द्र खरेल  ढाेरपाटन नगरपालिका वडा १ का वडाअध्यक्ष चित्र बहादुर भण्डारी निशिखाेला वडा न २ का कुविर बिक एकीकृत अखिल शिक्षक संगठन बरिष्ठ उपाध्यक्ष  जित बहादुर थापा लगाएले बाेलेका थिए।
कार्यक्रममा ढाेरपाटन नगरपालिका नगर कमिटीका संयाेजक चन्द्रलाल अर्यालकाे अध्यक्ष्ाता उपसंयाेजक शेरमान घर्तिकाे स्वागत सचिव भिम बहादुर गाैतमकाे संचालनमा सम्पन्न भएकाे छ।  जिल्ला व्यापी अभियानमा  अाईतबार निशिखाेला गाउँपालिका साेमबार तमानखाेला गाउँपालिकामा प्रशिक्षण तथा भेटघाट सम्पन्न भएकाे छ । भने बुधबार बडिगाड गाउपालिकामा गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung