२४ असार २०८२, मंगलवार

 

राघाकृष्णकाे प्रेम र ज्ञान अझ फैलाउनु पर्छ – श्रेष्ठ

राघाकृष्ण भगवानकाे प्रेम र ज्ञान सब‌ै समुदायमा फैलाउनु पर्ने प्रमुख अतिथि विजुली श्रेष्ठले बताइन । श्री राघाकृष्ण मन्दिर सेवा समिति बागलुङको पाचौं साधारण सभामा श्रेष्ठले भनेकि हुन । बागलुङ बजारकाे पुरानाे एेतिहासिक मन्दिरकाे प्रगतिकाे लागि हामी सबै लाग्नु पर्ने अतिथि स्वामी नारायण अार्चायले बताए । उक्त कार्यक्रममा राधाकृष्ण मन्दिरमा धार्मिक पुस्तकालय स्थापना र विकासकाे लागि श्याम प्रसाद वझा र केशव वझाले अाफ्नाे अामा पुर्ण कला वझा र बुबा तारा प्रसाद वझाकाे स्मृतिमा एक लाख एघार हजार एक सय एघार रूपैया मन्दिरका अध्यक्ष रमेश कुमार राजभण्डारीलाई हस्तान्तरण गरेका छन ।मन्दिर समितिकाे तर्फबाट सचिव हरि प्रसाद उपाध्यायले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Image may contain: 7 people, people standing and indoorनेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणकाे लागि श्री राधाकृष्ण मन्दिर सेवा समितिकाे अध्यक्ष रमेश कुमार राजभण्डारीले अध्यक्ष दिल शिरिषलाई ५ हजार ५ सय ५५ रूपैयाँ हस्तान्तरण गरेकाे थियाे ।पाँचौ वार्षिक साधारणसभाकाे स्वागत उपाध्यक्ष लालचन्द राजभण्डारीले संचालन सचिव हरि प्रसाद उपाध्याय र अध्यक्षता अध्यक्ष रमेश कुमार राजभण्डारीले गरेका थिए । पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल मन्तव्य  गरेका थिए   ।Image may contain: 10 people, people sitting and indoor

सनातन हिन्दु धर्मकाे प्रचारमा महत्त्वपूर्ण याेगदान दिएकाे भनेर राधाकृष्ण मन्दिर सेवा समितिले मंगलादेवी श्रेष्ठ र कृष्णलाल राजभण्डारीलाई सम्मान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung