२५ असार २०८२, बुधबार

 

जापान रहेका युवाहरुले एक क्यान्सर पिडितलाई आर्थिक सहयोग

रोजगारको सिलसिलामा जापान रहेका युवाहरुले एक क्यान्सर पिडित लाई ३ लाख ४६ हजार ५ सय ५० रुपैयाँ सहयोग गरेका छन । बाग्लुङको काठेखोला गाउँपालिका स्थित हटिया कि माया क्षेत्री कंडेल लाई उक्त रकम सहयोग गरेका हुन ।

सामजिक क्षेत्रमा सहयोग गर्दै आएका प्रेम प्रसाद कंडेल, दिपक कंडेल, बलबहादुर क्षेत्री लगायतले जापानमा संकलन गरेको पैसा क्यान्सर पिडित क्षेत्री लाई बुझाएको प्रेम प्रसाद कंडेल ले जानकारि दिनुभयो ।जापानबाट पठाइएको रकम संकलक का अभिभावक ले पिडितलाइ बुझाएको बताइएको छ । ५ महिना देखि छातिको क्यान्सर बाट पिडित क्षेत्रीको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । पिडित ले आर्थिक सहयोग जुटाइ ज्यान बचाइदिन सबै समक्ष अपिल गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung