
जिल्लाकाे बडीगाड गाउपालिकामा आपसी घर झगडाले एक जनाको ज्यान गएको छ । पुर्खाैलि जग्गामा कसले खेतीगर्ने भन्ने विषयलाई लिएर बडीगाड गाउपालिका- ४ जलजलामा गत चैत १० गते बेलुकी ८ बजे देवर ४७ वर्षिय खेमबहादुर श्रीस र भाउजू ४० बर्षिया मनमायाँ श्रीसबीच झगडा पर्दा भाउजू मनमायाँ र निजका नाबालक १४ वर्षिय छोरा मीनबहादुर श्रीसले देवर खेमबहादुरको टाउकोमा दाउरा प्रहार गर्दा घाईते बनाईकि थिईन ।
देवर खेमबहादुर श्रीषकाे यहि चैत २७ गते विहान घरमै मृत्यु भएको छ दाउरा प्रहारबाट घाईते खेमबहादुरलाई तत्कालै बुटवल मणिग्राम स्थित क्रिम्सन अस्पतालमा लगी उपचार गराई यहि चैत २६ गते घरमा ल्याईएको थियो । उनलाई घरमा ल्याएको भोलि पल्टै उनको मृत्यु भएको पारिवारिक श्रोतले बतायो ।