२५ असार २०८२, बुधबार

 

भवानी विद्यापिठ माध्यामिक विद्यालयमा आईसिटि ल्याब सञ्चालन ।

जिल्लाकै पुरानो विद्यालय भवानी विद्यापिठ माध्यमिक विद्यालयमा आईसिटि ल्याब सञ्चालनमा आएको छ ।

विद्यार्थिहरुलाई प्रविधिबाट नजिक गराउन तथा विश्व जगतमा भएका हरेक कुरा ईन्टरनेटको माध्यमबाट पठन पाठन गराउने उद्देश्य सहित आईसिटि ल्याब सञ्चालन गरिएको विद्यालयले जनाएको छ । क्यान हेल्प नेपालको १० लाख, फलेवास नगरपालिकाको ५ लाख, रोटरी क्लब अफ पर्वतको १ लाख गरी १६ लाख र बाँकी विद्यालयको स्रोतबाट गरी २० लाखको लागतमा स्थापना गरिएको आईसिटि ल्याब सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।

आईसिटि ल्याबमा हाल २० वटा ल्यापटप रहेका छन् । विद्यालयका सवै विद्यार्थिहरुलाई नियमित रुपमा प्रविधिको माध्यमवाट प्रयोगात्मक शिक्षा दिईने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung