
बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङमा आफ्नो ५१ औँ जन्म दिनको अवसर पारेर युवा व्यवसायी निर्देस राजभण्डारीले बिद्यालयमा २५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ
हाल काठमाडौँमा श्रीराम प्लाजा बटु पसल गर्दै आउनु भएका उहाँले बाल कक्षा देखि कक्षा १० सम्मको शैक्षिक सुधारका साथै बाल कक्षा देखि ५ सम्मका बिद्यार्थीलाई निशुल्क खाजाको व्यवस्था होस भन्ने धारणाले सो रकम उपलब्ध गराएको निर्देश राज भण्डारीले बताउनु भयो ।
सो कार्यक्रममा बोल्दै भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले बिद्यालयको शैक्षिक सुधारका लागी निर्देश राजभण्डारीले गरेको सहयोग प्रशंसनीय भएको बताउनु भएको थियो
साथै उहाँले सबैको साथ र सहयोगमा विद्यालयलाई बागलुङकै नमुना गराउने व्यावसायीक शिक्षा सुरु गर्ने उद्धेश्य पुरा हुने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङका उप सभापति राजेन्द्र आचार्य ,पत्रकार महासंघका निबर्तमान अध्यक्ष मुकेश चन्द्र राज भण्डारी ,समाजसेवी देबबहादुर श्रेष्ठ ,दिलगंगा स्मृति कोषका संरक्षक दिपक प्रधानले निर्देश राजभण्डारीलाई जन्म दिनको शुभकामना दिनु भएको थियो ।
सोही कार्यक्रममा बिद्यालय व्यवस्थापनका अध्यक्ष सुबासचन्द्र राजभण्डारीले बिद्यालयको लागि २५ हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उक्त कार्यक्रम बिद्यामन्दिर माध्यमिक बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले गर्नु भएको थियो ।