२७ असार २०८२, शुक्रबार

 

किसान लुट्नेलाई नगरपालिकाकाे लाइसेन्स 

जबसम्म समाजमा लुटिने मान्छे भइरहन्छन् तबसम्म लुट्ने धन्दा भएका मान्छेहरूकाे कमि हुदैन भन्ने कुरा हामीले बुझ्दैनाै जब हामी पुर्ण रूपमा लुटिन्छाै अनि मात्रै हामीहरूकाे हाेस अाउछ ।हाे यतिबेला बागलुङमा यतिबेला यस्तै घटनाले बिकास गरिरहेकाे देखिन्छ ।
एग्रिकल्चर एशाेसियसन नेपाल( अान ) यतिबेला बागलुङ जिल्लामा अाफ्नाे कार्य क्षेत्र बनाएर काम गर्न  थालेको अहिले करिब ५ महिना भइसकेको छ ।अानले काठमाडौ कम्पनी रजिस्ट्रारकाे कार्यालयमा १६२२७७  दर्ता नम्बर पाएकाे  देखिन्छ  ।यहीँ नम्बर लाई अाधार मानेर बागलुङ नगरपालिका कार्यालय बागलुङले नगरपालिका क्षेत्र भित्र कृषि सम्बन्धि काम गर्ने अनुमति दिएको पत्र बाेक्दै बागलुङ शाखाका प्रमुख अर्जुन गाैतम हिडिरहेका छन् ।बागलुङ जिल्ला भरि कार्य क्षेत्र बनाएर काम गरिरहेकाे अानले  १० बर्ष सम्म किसानहरू लाई  बीउ बिरुवा पशुपन्छि तथा जडिबुटीकाे बिरुवा  दिएर अात्मानिर्भर बनाउने एकजना किसान लाई १ बर्षमा १ लाख अाम्दानी गराउने भन्ने नयाँ सुन्दर नारा ल्याएपछि धमाधम बागलुङका किसान अानकाे सदस्य बन्न तछाडमछाड  गरिरहेका छन् ।

अहिले अानले अाफ्नाे २१ जना
कर्मचारी फिल्डमा खटाएको छ बागलुङ जिल्लामा ४ हजार किसान लाई समुहमा राखेर प्रति किसान संग दुई हजार रूपैयाँ संकलन लाई तिब्रता दिएको छ । अहिले बागलुङ जिल्ला बाट मात्र ८० लाख भन्दा बढी रकम उठाउने अभियानमा अान लागि रहेको देखिन्छ ।

अहिले बागलुङ जिल्लामा २१ जना फिल्डमा हिड्ने  एकजना कर्मचारीले २सय जना कृषककाे समूह बनाउनु पर्ने बाध्यकारी पारिएको काम गर्ने कर्मचारी बताउछन् ।
अहिले बागलुङ जिल्लाकाे ४ नगरपालिका र ६ वटा गाउँपालिकामा पुगेर कृषकलाई यो संस्थाकाे समुहमा अाबद्द गरेर पहिलो चरणमा प्रति कृषक ५ सय रूपैयाँ अशुली गरिसकेपछि दस बर्ष भित्र उठाउनु पर्ने बाकी १५ सय अहिले नै उठाउन शुरू गरेपछि बागलुङका किसानमा अाशंका पैदा भएको छ ।बागलुङ नगरपालिका भित्र काम गर्ने अनुमति पाएकाे अानले अहिले मनपरि ढंगले जिल्ला भरि काम गरेर किसान लुट्ने काम गरिरहेकाे स्पष्ट रूपमा देखिन्छ ।

शुरूवातमा समुहमा प्रबेश गर्दा प्रति कृषक ५ सय रूपैयाँ बाकी १५ सय १० बर्ष भित्र बाकी १५ सय रूपैयाँ किस्तामा बुझाए पनि हुने भनेकाे अानले अहिले अाफ्ना फिल्डमा हिड्ने कर्मचारीलाई किसान संग १५ रूपैयाँ जबर्जस्ती रूपमा उठाउन लगाएका छन् कर्मचारी कर्मचारी बिच प्रतिस्पर्धा गराएर साे रकम उठाउन लगाइ रहेकाे अानमा काम गर्ने कर्मचारी बताउँछन् ।

अानले जिल्लामा कर्मचारी भर्ना गर्ने समयमा मासिक रूपमा ५ महिना सम्म १० हजार पाउने दाेस्राे चरणमा १५ हजार पारिश्रमिक पाउने भनेर भर्ना गरिएका कर्मचारी लाई अहिले ४० जना कृषक संग २ हजारकाे दरले ८० हजार बुझाए १० हजार मात्रै पाउने बताएर बागलुङका प्रमुख अर्जुन गाैतमले रकमी पारा देखाएका छन् ।
बागलुङ जिल्लामा १० बर्षसम्म काम गर्न एकजना किसानलाई बर्षमा १ लाख अाम्दानी गराउने ग्यारेन्टी लिएकाे संस्थाले अहिले ५ महिना बितिसक्दा केही तरकारी बीउ र जडिबुटी काे २ वटा बिरुवा प्रति किसानलाई बितरण गरेर नाटक मन्चन गरिरहेकाे देखिन्छ  ।
अहिले काम गर्ने कर्मचारीले गाउँ गाउँमा गएर समूह बनाउने पैसा संकलन गरेेर अफिसमा बुझाए पनि अाफुहरूले पाउनुपर्ने तलब समेत पाएका छैनन् ।अानले कर्मचारी लाई  नियुक्ति दिएकाे भनिए पनि  काम गर्ने कर्मचारी लाई  बमोजिम तलब दिएका छैनन् ।५ महिना काम गरिसक्दा बल्ल १ महिनाकाे तलब पाएकाे कर्मचारीहरू बताउँछन् ।अान बागलुङका प्रमुख अर्जुन गाैतमलाई जिल्ला प्रशासन कार्यालयले मिडियामा कृषक ठगिन लागेकाे खबर प्रकाशित भएपछि प्रजिअ शेष नारायण पाैडेलले कार्यालयमै बाेलाएर नियम कानुन बमोजिम काम गर्न सुझाव दिएको बताए ।
बागलुङ जिल्लामा कृषि सम्बन्धि काम गर्न जिल्ला कृषि बिकास कार्यालयकाे अनुमति लिनुपर्छ तर अानले कृषि बिकास कार्यालय बाट अनुमति पाएकाे भने छ‌ैन ।
कृषि सम्बन्धि काम गर्ने अनुमति नभएको अानले फेरि कृषकलाई भ‌ैसी दिने नयाँ कार्यक्रम ल्याउन लागेको छ अहिले कृषिकाे नाममा ८० लाअ हात पार्ने दाउमा रहेको अान फेरि भैंसी काे नारा दिएर कराेडाै रकम ठग्ने अभियानमा लागेको देखिन्छ ।
यसरी खुलेअाम लुट्ने संस्थालाई स्थानीय निकायले लाइसेन्स दिएपछि भने लुट्न सहज भएको छ ।
नेपालगन्जमा कार्यालय रहेको अानले अमेरिकी लगायत बिदेशी संस्था बाट सहयोग अाएकाे हुनाले हामीले किसानकाे लागि कार्यक्रम ल्याएको भनेर यसका अध्यक्ष गणेश भट्टले बागलुङ जिल्लामा ५ महिना अगाडि बताएका थिए ।
यसको काम गतिविधि हेर्दा यसले पैसा उठाउने अनि भाग्ने लक्षण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung