३२ असार २०८२, बुधबार

 

प्रारम्भीक वालविकासको लागी योजना तर्जुमा गोष्ठी सुरु

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले वालवालिकाको शिक्षाको आधार वालविकासलाई प्रभावकारी वनाउनुपर्ने बताएका छन ।

प्रारम्भीक वालविकासको लागी स्थानिय तहमा एकिकृत योजना तर्जुमा गोष्ठीको उद्घाटन कार्यक्रममा वोल्दै पौडेलले यस्तो वताएका हुन ।

विज राम्रो रोपे मात्र वृक्ष राम्रो हुने भएकोले वावालिकाको सर्वाङगिण विकासमा ध्यान दिनुपर्ने वताए ।

योजना राम्रा वनाउन नसके दिर्घकालिन रुपमा असर गर्ने भएकोले परिणाम आउने खालको योजना वनाउन आवश्यक रहेको वताए ।

सेतो गुरास वालविकास सेवा बागलुङका अध्यक्ष महेश चन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकार्य बागलुङका उप निर्देशक कुश्मराज उपाध्याले मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङ नगरपालिका कार्यलय र सेतो गुरास वालविकास सेवा बागलुङको आयोजनामा सुरु भएको दुई दीने एकिकृत योजना तर्जुमा गोष्ठीमा बागलुङ नगरपालिका उप मेयर सुरेन्द्र खड्का लगाएत १४ ओटै वडा अध्यक्ष तथा प्रतिनिधिहरु विषयगत कार्यलयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रमको उदेश्यमाथि प्रकास पार्दे राष्ट्रिय सेतोगुरास सेवाका निर्देशक मधु राजभण्डारीले गोष्ठीले परिवेश सुहाउदो एकिकृत कार्यक्रम पहिचान र छनोट गर्ने ,स्थानिय तहमा प्रारम्भीक वालविकास एकिकृत येजना तयार गर्ने र प्रारभ्कि वालविकास कार्यक्रमको गुणस्तर अभिवृद्धि गर्ने वताए ।

सेतो गुरास वालविकास सेवा बागलुङका निर्देशक विना कार्कीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन तालिम संयोजक पम्फा खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung