
गलकोट नगरपालिका—४ खरुवा माध्यामिक बिद्यालमा च्याउ खेती सुरु गरिएको छ । विद्यालयमा पहिलो पटक गरिएको च्याउ खेती सफल भएको हो । विद्यार्थीलाई व्यवहारिक शिक्षा अन्तर्गत च्याउ खेती गरिएको हो । च्याउ खेती बिद्यालयका शिक्षक नेत्रलाल सुवेदी र पेसा विषय अध्ययनरत कक्षा ६,७ र ८ का विद्यार्थिले गरेका हुन । गलकोट नगरपालिकाका प्राविधिक डिएन दाहाल विद्यालयमा नै आएर तालिम दिएपछी च्याउ खेती सुरु गरिएको थियो ।
पहिलो पटक पाँच वटा परालको मुढामा खेती गरिएको श्रोत शिक्षक नेत्रलाल सुबेदिले जानकारी दिनुभयो । च्याउको बीउ नगरपालिकाले सहयोग गरेको शिक्षक सुवेदीको भनाइ छ । विद्यालयले व्याबसायिक रुपमा च्याउखेती गर्ने योजनामा रहेको प्रधानाध्यापक हेमराज गैरेले बताउनुभयो ।
विद्यालयको आर्थिक श्रोतलाई सबल बनाउन समेत व्याबसायिक च्याउ खेतिले सहयोग गर्ने साथै बिद्यार्थिहरुलाइ व्यावहरिक सिप सिक्न सहज हुने विद्यालयले जनाएको छ । विद्यालयको च्याउ खेती संगै व्याबसायिक केरा र टिमुर खेती गर्ने लक्ष्य रहेको छ ।