
विद्युत्तीय पोल र हाइटेन्सन मर्मत गर्न गाउँपालिका र वडा कार्यालयको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रसँग माग गरेपनि सुनुवाई नभएको खुलासा भएको छ । यस भेगका जनताले पटक पटक विधुत कार्यालयमा भनेको तर मर्मत नभएको काठेखोला गाउँपालिका ६ का वडाअध्यक्ष युक्त कडेलले बताएका छन
त्यस्तैगरी काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले गाउँपालिमा भएको समस्या सबै ठाउको समस्या भएकाले समयमै आफुले प्राधिकरणलाई जानकारी गराउएको र विधुत सम्वन्धि तालिम र सीप सिकाउन समन्वय गर्न आग्रह गरेको बताए । उनले विद्युतीय पोल तथा हाइटेन्सनको तारको मर्मत तथा व्यवस्थापनमा गाउँ पालिकाले लगानी गर्ने बताएका छन उनले पनि यसमा विद्युत प्राधिकरणको लापरबाही रहेको स्वीकार गरे
यसैबीच घटनाबारे बुझ्न नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डे घटस्थल तर्फ जाँदै गरेको जानकारी प्राप्त भएको छ ।