२६ असार २०८२, बिहीबार

 

बालबालिकालाई शैक्षिक सामाग्री वितरण

बेनीनगरपालिका ६ छापमा रहेको बागेश्वरी आधारभुत विद्यालयमा मंगलबार ११ औ गणतन्त्र दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विद्यालयमा स्थापित भन्द्रबहादुर नन्दकली स्मृति अक्षयकोषको ब्याजबाट २२ जना विद्यार्थीहरुलाई पोषाक, झोला, कापी, कलम, ज्यामीतीबक्स लगायतका सामाग्री वितरण गरिएको हो । स्थानीय नारायण महतले दिवंगत बुवा भन्द्रबहादुर र आमानन्दकलीको स्मृतिमा स्थापना गरेको एक लाख ५१ ह्जार १५१ रुपैयाको अक्षयकोषबाट प्रत्येक वर्ष विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिदै आएको छ ।

वडा अध्यक्ष समेत रहनु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानिया, प्रअ लालबहादुर खत्री लगायतले शैक्षिक सामाग्री वितरण गरेका थिए । सो विद्यालयमा तेजेन्द्र बानियाले स्थापना गर्नुभएको ५१ ह्जार रुपैया राशीको देवबहादुर हिरा स्मृति कोषको ब्याज र विद्यालयको आन्तरीक स्रोतबाट विद्यार्थी आकर्षित गराउन दिवा खाजा कार्यक्रम सञ्चालन भएको छ ।

अर्को अक्षयकोष स्थापनाका लागि अमेरीका निवासी कृष्णबहादुर बानियाले तिस हजार रुपैया सहयोग गरेका छन् । कक्षा ५ सम्म पठन पाठन हुने विद्यालयमन २२ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung