२९ असार २०८२, आईतवार

 

स्थानिय सरकारको महसुस हुने गरी पुर्वधार विकास निमार्णमा तिव्रता दिदै बानपा ७

लामो समयको अन्तरालमा बागलुङमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि विकास निर्माणको कामले गति लिएको छ । विगतमा कर्मचारीतन्त्रका कारण विकास निर्माणमा आएको बजेट फ्रिज भएर फिर्ता जाने समस्या बढी देखिने गरेता पनि अहिले जनप्रतिनिधिहरुले भने निरन्तर रुपमा सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासमा जोड दिएका छन् ।
जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष वितिसक्दा बागलुङ नगरपालिका–७ मा गाउँको विकास निरन्तर अगाडी बढी रहेको छ । अहिले सडक स्तोरोन्नती तथा विस्तार, विद्यालयहरुमा तार वार लगाउने, खानेपानीका ट्याङकी निर्माण लगायतका कामहरु तिब्र गतिमा भैरहेका छन् ।

यस्तै अहिलेको आवश्यकता अनुसार शिक्षा क्षेत्रमा पनि विभिन्न प्रविधिको प्रयोग गरेको शिक्षा प्रदान गर्ने कार्यलाई पनि जोड दिइएको छ । बागलुङ नगरपालिका–७ मा रहेको ढिकिचौरका स्थानीयबासीलाई लक्षित गरी ५ लाख ३५ हजार रुपैँयाको ढिकिचौर खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको ढिकिचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष होमनाथ गौतमले बताएका छन । यहाँका १५० घर धुरी लाभान्वित हुने आयोजनामा स्थानियबासीले १० दिन श्रमदान गरी ५ लाख ८५ आर्थिक सकंलन गरेको गौतमले वताए ।

साथै बागलुङ नगरपालिकाको ८ लाख सहयोगमा बानपा–७ मालिका र माझकोटमा अन्य दुई पम्पिङ सिस्टमको खानेपानी योजनाको निमार्ण कार्य सम्पन्न भएको जनाइएको छ । त्यसैगरी यस वडामा करिव ७ किलोमिटर सडक स्तरोन्नति, ४ सय ५० मिटर सडक ढलान तथा नालि निमार्ण र काभ्रे देखि बानपा ७ को वडा कार्यालय सम्मको रिङरोड सडकका अफ्ठ्यारो घुम्तिहरुलाई ढलान गर्न लागिएको वडा अध्यक्ष खगराज पाण्डेले जानाकारी दिए ।

स्थानिय तहको निर्वाचन पछि विकास निमार्णले गति लिएको भन्दै अहिलेका जनप्रतिनिधि माथि आशा जागेको बानपा–७ का स्थानियबासीले खुसी व्यक्त गर्न थालेका छन । नगरपालिकाले सडक खानेपानी लगाएतका क्षेत्रमा आफ्नो समस्या समाधान गरेकाले आफुहरुले विकासको महसुस गरेको स्थानिय जयबहादुर कार्कीले वताए ।

यसका साथै वडामा स्वास्थ्य चौकी निमार्णको लागि जग्गा प्राप्ती, वृद्धबृद्धाहरुको सुविधालाई मध्यनजर गरी घर घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने व्यवस्था मिलाउने लगायतका कार्य गरी जनतालाई स्थानिय सरकारको महसुस गराउने तर्फ वडा लागि परेको बानपा–७ वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung