
बागलुङ नगरपालिकाको विभिन्न वडाहरुमा जनप्रतिनीधिहरु सक्रियता साथ लागेका छन् । प्रत्येक गाउँमा आम जनताहरुले प्रत्यक्ष रुपमा आफै चुनेर ल्याएका जनप्रतिनीधिहरुले काम गरेको देख्दा परिवर्तनको महशुस भएको स्थानीयबासीहरुले बताएका छन् ।
जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष वितिसक्दा बागलुङ नगरपालिका–३ मा पनि विकास निरन्तर अगाडी बढी रहेको छ । अहिले यस वडामा करिव २ करोड बरावरका सडक मर्मत नाली निमार्ण तथा विभिन्न निर्माण कार्य तिब्र गतिमा भैरहेका वताइएको छ । ग्रामिण भेगमा नयाँ सडक तथा नालि निमार्णलाई प्राथमिकता दिइएको तथा शहरी भेगमा भैराखेका संरचनालाई व्यवस्थित गर्न तर्फ लागेको वडा अध्यक्ष लक्ष्मी बास्कोटाले वताएकी छन
।चालु आर्थिक वर्षमा प्राप्त रकम मध्येबाट रु १२ लाखको लागतमा जिल्ला प्रशासन कार्यालय नजिकको चोकलाई विस्तार तथा १२० मिटर नालि निमार्ण गरीएको छ । त्यसैगरी करिव १२ लाखको लागतमा गहतेमा २५० मिटर नालि, खिर्रावोटको करिव १०० मिटर नालि १२ लाखमा निमार्ण भएको छ । त्यस्तै तातोपानी देखी मुलपानीको करिव २०० मिटर सडक २० लाखको लागतमा ढलान गरिएको अध्यक्ष बास्कोटाले वताइन ।
यस वडामा लक्षीत वर्गको लागि २ लाख बजेट विनियोजित भए अनुसार विभिन्न स्थानमा व्यवसायीक तालिम हरु संचालन गर्ने तयारी गरिएको जनाईएको छ । त्यसैगरी यस वडामा पञ्जिकरणको काममा सहजता होस भनेर अनलाईन सिस्टम मार्फत दर्ता गर्न व्यवस्था मिलाइएको बानपा ३को वडा कार्यालयले वताएको छ । त्यस्तै सेवाग्राहि लाई सेवालिन सहजता होस भनेर नागरिक वडापत्र राखिएको वताईएको छ ।
यहाँ सार्वजनिक जग्गा धेरै भएको र यसको कुनै व्यत्ति विशेषले हडपेर भौतिक संरचना निमार्ण गर्ने गरेकाले यसको संरक्षण तथा यसको उपयोगको निम्ति योजना वनाउने, सार्वजनिक सुचना प्रकाशित गर्ने लगाएका कार्य भैराखेकोे अध्यक्ष बास्कोटाले वताएकि छन ।