२५ असार २०८२, बुधबार

 

सहकारीमैत्री कानुन निर्माण गर्छौ – कानुनमन्त्री तामाङ

- भक्तपुरमा सहकारी बैंकको अन्तरक्रिया

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले मुलुकको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्रलाई सबल र सक्षम बनाउदै अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले मंगलवार भक्तपुरमा आयोजना गरेको बैंक र सदस्य संघ संस्था बीचको अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुन् ।
देश विकासका लागि जनतासंग रहेको श्रम, सीप र पूँजीको स्थानीय स्रोतको उत्पादन, प्रशोधन र बजारीकरणका लागि परिचालन गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि सहकारी नै उपयुक्त माध्यम हुने धारणा राखे ।
सहकारी क्षेत्रमा पनि केही समस्याहरु छन्, केही कानुनी असजिलाहरु छन्, तिनलाई व्यवस्थापन गरेर अगाडि जान सके सहकारी क्षेत्रले समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तामाङले बताए । उनले सहकारीमैत्री कानुन निर्माणका लागि सक्दो सहयोग गर्ने समेत बताएका छन् ।
सहकारी क्षेत्रको प्रवद्र्धनका लागि स्थापित राष्ट्रिय सहकारी बैंकलाई सबल बनाएर राज्यले सहकारी क्षेत्रमा लगानी गर्ने बजेटलाई सहकारी बैंकमार्फत परिचालनका लागि पहलकमदी गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य महेश बस्नेत, प्रदेश सभाका सदस्य पशुपति चौलागाई, पूर्व सांसद केदार सञ्जेल लगायतले सहकारी अभियान मार्फत देशको समृद्धिका लागि सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए । उनीरुले सहकारी बैंकमार्फत सहकारी क्षेत्रमा राज्यले गर्ने लगानीलाई परिचालनका लागि नीति आवश्श्यक रहेको बताए ।
राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले देशभर सञ्जाल भएको, ४४ वटा शाखा मार्फत सहकारी संघ संस्थाहरुलाई सेवा दिदै आएको बैंकलाई गरिवी निवारणका क्षेत्रमा लैजाने बजेट परिचालनको जिम्मा दिए जिम्मेवारी लिन तयार रहेको बताए ।
भक्तपुर जिल्लाका २ सय भन्दा बढी सहकारी संघ संस्थाका ३ सय भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा बैंकका सहायक महाप्रवन्धक हरिकृष्ण साकपोटाले बैंकको परिचय र अवस्था तथा आगामी कार्ययोजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रम बैंकका प्रवन्ध सञ्चालक उप्रेतीको अध्यक्षता, सञ्चालक सरिता भट्टराईको सञ्चालन र शाखा प्रमुख सविना श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।
सोही अवसरमा बैंकको भक्तपुर शाखामा आर्थिक वर्ष २०७३÷०७४ मा उत्कृष्ट कारोबार गर्ने शुभकामना सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ र नियमित कारोवार तर्फ पारिजात सेभिङ्ग एण्ड क्रेडिटको–अपरेटिभलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung