
नेपाल चेम्बर अफ कमर्शले ढोरपाटन नगर चेम्बर अफ कर्मशलाई आधिकारीकता प्रदान गरेको छ । नेपाल चेम्बर अफ कर्मशबाट अध्यक्षमा ढोरपाटन नगरपालिकाका युवा उधमी तथा व्यवसायी दिपक कुमार अदै नियुक्त भएका हन् ।
नेपाल चेम्बर अफ कर्मशका निर्देशक डाक्टर भगवान खड्काले आधिकारीकता प्रदान गरिएको पत्र पठाई ढोरपाटन नगर चेम्बर अफ कर्मश गठन भई सर्बसम्मत रुपमा तदर्थ समिति गठन भएको तथा नबगठित ढोरपाटन नगर चेम्बर अफ कर्मशका सम्पुर्ण पदाधिकारी तथा उद्योगी वयबसायीलाई बधाई सहित सफल कार्यकालको सुभकामना दिइएको छ ।
उक्त पत्रमार्फत जिल्ला प्रशासान कार्यालय बागलुङलाई नेपाल चेम्बर अफ कर्मशको विधानको दफा १० को उपदफा २ को ६ बमोजिम ढोरपाटन नगर चेम्बर अफ कर्मशलाई आधिकारीता प्रदान गरिएको जानकारी गराइएको उल्लेख छ ।
नवगठित ढोरपाटन नगर चेम्बर अफ कर्मशका अध्यक्ष दिपक अदैका अनुसार ढोरपाटन नगर चेम्बर अफ कर्मशको कार्यसमिति असार चौथो हप्ता भित्रै गठन गरिने छ । व्यबसायी अदै ११ बर्ष खाडीमुलुक कतारमा रोजगारी संगै विभिन्न सामाजिक कार्यमा अग्रसरता थिए।ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारका सस्थापक अध्यक्ष अदैले पश्चिम्म बाग्लुङमा धेरै सामाजिक काममा योगदान गरेका छन् । पछिल्लो समय पश्चिम्म बाग्लुङको बुर्तिबाङमा निर्माण व्यावसाय,भुकम्प प्रतिरोधक इटा ब्लक उत्पादन र मोटर पार्टस सन्चालन गर्दै आएका अदै बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा।लि का कोषाध्यक्ष साथै निसिभूजी साप्ताहिक पत्रिकाको अध्यक्ष पनि हन् ।