२९ असार २०८२, आईतवार

 

बगरफाँटमा सिलाई कटाई तालिम

जलजला गाउँपालिका २ बगरफाँटमा शनिबार दुई महिने सिलाई कटाई तालिमको उद्घाटन र १५ दिने उद्घोषणकला तालिमको समापन गरिएको छ ।गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयको आयोजना, बगरफाँट आमा र जनजाती समुहको सहआयोजनामा सञ्चाललित तालिमको उद्घाटन र समापन गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष मल्ल, उपाध्यक्ष सिमा गर्बुजा पुन, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतम, ८ नम्बर वडाका अध्यक्ष हरिबिकास जिसीले महिलाहरुमा सिप र क्षमत्ताको विकास गरी आय आर्जनतर्फ अग्रसर बन्नुपर्ने बताए।

१५ दिनसम्म सञ्चालन भएको उद्घोषण कला तालिममा ३५ जनाको सहभागिता रहेको थियो । पूर्व सञ्चारकर्मी तथा वेष्ट पोईन्ट आवासिय माविका सहायक प्रिन्सिपल कृष्ण जिसी, प्ििरन्सपल बिना झाँ र शिक्षक देवी जिसीले तालिमको सहजिकरण गर्नुभएको थियो । दुई महिनासम्म सञ्चालन हुने सिलाई कटाई तालिममा ४० जनाको सहभागिता रहेको छ ।

वडा अध्यक्ष गोविन्द खत्रीको अध्यक्षता, बगरफाँट आमा समूहका मनीषा पुनको सञ्चालन र शान्ति पाईजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमका वक्ताहरुले बगरफाँटमा नदि कटान नियन्त्रण, खानेपानी सुविधा विस्तार, सडक स्तरोन्नतीका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung