२९ असार २०८२, आईतवार

 

होटल म्यानेजमेन्ट र कम्युटर साइन्समा राम्रो नतिजा निकाल्दै न्यू ओएसिस एकेडेमी

होटल म्यानेजमेन्ट र कम्युटर साइन्स विषयमा न्यू ओएसिस एकेडेमीले कठोर मेहनत र फरक अभ्यासका कारण शैक्षिक नतिजा दिन सफल भएको छ ।

पहिलो पटक बागलुङ जिल्लामा जोखिम मोलेर सीप सहितको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ गत वर्षदेखि विघालयले होटल म्यानेजमेन्टमा राम्रो उपलब्धि हासिल गर्ने योजनाका साथ अगाडि बढेको विघालयका प्रिन्सिपल नेत्र न्यौपानेले बताए ।प्रतिभाशालि र मेहनति विघार्थीलाई छिटै रोजगारी पाउने लक्ष्यका साथ हामीले यो विषयमा बढी गहन ढंगले मेहनत गरेका छौ ।

आशा छ हाम्रो विघालयबाट राम्रो नतिजा ल्याउने विघाथीहरूले होटल ,रेटुरेन्ट र पर्यटन क्षेत्रमा अब्बल नतिजा दिनु हुनेछ प्रिन्सिपल न्यौपानेले बताए ।

विघालयले विघार्थीको सिकाई उपलब्धि बढाउन ,चरित्र निर्माण र सिपलाई विशेष ध्यान दिएर दक्ष अनुभवी शिक्षक ,प्रयोगशाला , पुस्तकालय र भौतिक तथा मनोवैज्ञानिक वातावरणमा धेरै लगानी गरेको छ ।

भान्छा,रेटुरेन्ट ,हाउस किपिङ,बार तथा फ्रन्ट डेक्सको लागि छुट्टाछुट्टै प्रयोगशाला रहेको छ ।यस विधालयले विघार्थीहरको क्षमता बढाउन बागलुङमा पछिल्लो पटक खुलेका आधुनिक होटलहरूमा अभ्यास प्रशिक्षण र थप प्रशिक्षणको लागि पोखरा र काठमाडौं होटलमा लाने गरेको विघालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung