२५ असार २०८२, बुधबार

 

८७ वर्षिय वारेन बफेटले ४ खर्ब दान गरे

विश्वकै धनी व्यक्ति वारेन बफेटले ४ खर्ब दान गरेका छन ।८७ वर्षिय अमेरिकी नागरिक वारेन बफेटले आफ्नो कम्पनी बर्कसायरका सबै सेयरहरू दान गर्ने योजना बनाएका छन ।हालसम्म बफेटले कुल सम्पत्ति ८२ अर्ब डलरमध्ये ३१ अर्ब दान गरिसकेका छन ।उनले सबै भन्दा बढी बिल गेटको परोपकारी सामाजिक संस्थालाई बढी दान गरेका छन ।बफेटले यो वर्ष ४ खर्ब रूपैया ९ करीव ३ दशमलव ४ अर्ब डलर ० दान गरेको सीएनएनले उल्लेख ग

गरेको छ ।बिल गेट्सको बिल एण्ड मेलिण्डा फाउन्डेसन र बफेटका परिवारहरूले चलाएका परोपकारी संस्थाहरूले बढी सहयोग पाएका छन ।वारेन बफेट र बिल गेट्स विच निकै हार्दिक सम्बन्ध रहेको छ ।विश्वकै दोस्त्रो धनी व्यक्ति बिल गेट्स र तेस्रो धनी व्यक्ति वारेन बफेटले एक अर्कालाइ बाबु ,छोरा भनेर सम्वोधन गर्छन ।

बिल एण्ड मेलिण्डा फाउन्डेसनले अफ्रिका ,ल्याटिन अमेरिका र एशियामा स्वास्थ्य ,शिक्षा लगाएतका विभिन्न क्षेत्रहरूमा काम गरिरहेको छ ।बच्चादेखि सामान बिक्री तथा शेयर किनवेचबाट माथि उठेका बफेट धेरै दुख गरेर अमेरिकाको व्यापारी उचाई छुने सिमित व्यवसायी मध्य पर्छन ।वारेन बफेटको कुल सम्पत्ति ८२

अर्ब रहेको अमेरिकी पत्रिका फोब्सले जनाएको छ ।बफेटको नियमित परोपकारी संस्थाहरूलाई दान गर्ने सकरात्मक प्रवृत्तिले अन्य धनी व्यवसायीहरूलाई पनि सामाजिक क्षेत्रमा दान गर्न उत्साहित गरेको छ।बफेटको कम्पनी बर्कसायरले जारी गरेको सुचना अनुसार सहयोग पाउने परोपकारी संस्थाहरूमा बिल एण्ड मेलिण्डा फाउन्डेसन ,बफेटकको पहिलो पत्नीले खोलेको संस्था सुसन थम्पसन बफेट फाउन्डेसन ,सेयर उड फाउन्डेसन ,नोभो फाउन्डेसन ,होवार्ड फाउन्डेसन लगाएत छन ।

बिल गेट्स र मेलिण्डा गेट्ससंग मिलेर वारेन बफेटले सन २०१०मा द गिभिङ प्लेज कार्यक्रम सार्वजनिक गरेका थिए ।यो कार्यक्रम विश्वको अर्बपतिहरूलाई गरिबी ,शिक्षा ,स्वास्थ्य लगाएतको क्षेत्रमा गम्भीरता पुर्वक सामाजिक सहयोग गराउन प्रोत्साहित गराउनु थियो ।विश्वमा दान गर्ने व्यक्तिहरू मध्ये वारेन बफेट अग्रिम पक्तिमा आउछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung