
स्रोतका अनुसार च्यानलमा भएको यस बदलावका बीच भाजपा अध्यक्ष अमित शाहले पछिल्लो हप्ता संसद भवनमा केही पत्रकारहरुलाई ‘एबीपीलाई सबक सिकाउने’ भन्दै गरेको सुनिएको थियो ।
नयाँ दिल्ली । भारतकोे ठूलो टिभी न्यूज च्यानलमध्ये एक एबीपी न्यूजबाट दुई वरिष्ठ पत्रकाहरुको राजीनामा र तेस्रो पत्रकारलाई काम गर्नबाट रोक्नुलाई मिडिया र राजनीतिक क्षेत्रमा मिडिया हाउसको सत्तारुढ दललाई खुसी राख्ने प्रयासको रुपमा हेरिएको छ ।
बुधबार अगस्त १ मा च्यानलका प्रबन्धकले प्रधानसम्पादक मिलिन्द खाँडेकरको राजीनामाको घोषणा गरे । यसपछि हालै एबीपी पुगेका चर्चित शो ‘मास्टर स्ट्रोक’ का प्रस्तोता तथा पत्रकार पुण्य प्रसून बाजपेयीले च्यानल छाडेको खबर आयो ।
बाजपेयीले आफै च्यानल छाडेका हुन् कि उनलाई राजीनामा गर्न बाध्य पारियो भन्ने अझै स्पष्ट भएको छैन । रोचक कुरा के हो भने छत्तीसगढ की एक महिला किसानले नरेन्द्र मोदी सरकारको योजना लागू भएपछि ‘आय दोब्बर भएको’ प्रधानमन्त्रीको दाबीलाई खण्डन गरेको एपीसोड प्रशारण भएपछि उनले च्यानल छाडेका हुन् । यसबाट धेरै मन्त्रीहरु रुष्ट बनेको बताइन्छ । दुई दिनअघि बाजपेयीलाई अब उनले ‘मास्टर स्ट्रोक’ को एङ्करिङ नगर्ने बताइएको थियो ।
एबीसी स्रोतले द वायरलाई दिएको जानकारी अनुसार दुई अलावा च्यानलका वरिष्ठ समाचार प्रस्तोता अभिसार शर्मालाई १५ दिन ‘अफ एयर’ (च्यानलमा नआउन) रहन भनिएको छ । आफ्नो कार्यक्रममा मोदीको आलोचना नगर्न व्यवस्थापनले निर्देशन दिएपछि अभिसारले त्यसबारे प्रश्न गरेको बताइएको छ ।
स्रोतका अनुसार च्यानलमा भएको यस बदलावका बीच भाजपा अध्यक्ष अमित शाहले पछिल्लो हप्ता संसद भवनमा केही पत्रकारहरुलाई ‘एबीपीलाई सबक सिकाउने’ भन्दै गरिएको सुनिएको थियो ।
रातोपाटीबाट