२५ असार २०८२, बुधबार

 

देवालय प्राविले मनायो रजत जयन्ती

नेपालको सामुदायिक र निजि बिद्यालयहरुमा भएको समस्याहरु नेपालकै शिक्षा प्रणालीको कारण सिर्जना भएको गलकोट नगरपालिकाका सामाजिक बिकास समिति संयोजक हिम बहादुर भण्डारी हेमन्तले बताउनुभयो ।

देबालय प्राथमिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीको २५ औ बार्षिक उत्सव तथा रजत जयन्तिको अवरसरमा बोल्दै भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ब्यवहारिक भन्दा पनि सैदान्तिक शैक्षिक प्रणालिका कारण युवाहरु बिदेशिनुपर्ने बाध्यता भएको बताउनुभयो ।

उहाँले गलकोटका अधिकांश प्राथमिक बिद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धि गनुपर्नेमा जोड दिनुभयो । पुरानो शैक्षिक पद्धतिका कारण बालबालिकाहरु निजी बिद्यालय तर्फ आकर्षित भईरहेको अवस्थामा सामुदायीक बिद्यालयले शैक्षिक गुणस्तरलाई बृद्धि गनुपर्ने उहाँको भनाई थियो । भण्डारीले देवालय प्राथमिक बिद्यालयले सञ्चालन गरेको आर्थिक संकलन अभियानमा संकलित रकम भौतिक पक्ष भन्दा पनि शैक्षिक गुणस्तरका बिषयमा प्रयोग गर्न समेत आग्रह गर्दै नगरपालिकाबाट बिद्यालयका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।

नगरपालिकाले प्राथमिक बिद्यालयमा अब तत्कालै शिक्षक ब्यवस्थापन गर्ने भएकाले अब शिक्षक अभाव नहुने स्पष्ट पार्नुभयो । हामीले नगरभित्रको शिक्षालाई गुणस्तरिय बनाउनका लागी प्रत्येक बिद्यालयमा बिद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दि कायम गछौ भण्डारीले भन्नुभयो यसले शिक्षा प्रणालीलाई ब्यवहारीक र जिवन उपयोगी बनाउनका लागि महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । साथै उहाँले बिद्यालयमा किताबी ज्ञान भन्दा पनि ब्यवहारिक शिक्षा र सरसफाइको शिक्षा दिनु पर्ने बताउनुभयो ।

गलकोटको दुदिलाभाटीमा अवस्थित रहेको देवालय प्राथमिक बिद्यालय २०५० सालमा स्थापना भई हाल प्राथमिक तह सम्म पढाई सञ्चालन भईरहेको छ । रजत जयन्तिको अवसरमा सञ्चालन गरिएको आर्थिक संकलन अभियानमा हालसम्म करिब ८ लाख बढि संकलन भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडक बहादुर भण्डारीले बताउनुभयो ।

माघ १६ गते देखि २० गतेसम्म विविध कार्यक्रमहरुको आयोजना गरी आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा बिद्यालयले रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोह ५ दिने बिबिध कार्यक्रमको साथमा बिजेताहरुलाइ पुरस्कार बितरण, अतिथिहरुलाई मायाको चिनो बितरण, कदर पत्र प्रदान, सम्मान पत्र प्रदान गरिने भण्डारीको भनाई छ । आजसम्म राजु कुमार खडकाले १ लाख ५० हजार, सन्तोष १ लाख ११ हजार १ सय ११ र गंगा भण्डारीले ७५ हजार २५ रुपिया सहयोग गनुभएको छ । त्यसबाहेक अन्य धेरै जनाले आर्थिक सहयोग प्रदान गरेको बिद्यालयले जनाएको छ ।

आज २० हजार भन्दा माथी सहयोग गर्ने ४ जनालाई बाजा र भजन सहित डोलिमा राखि सम्मान प्रदान गरिएको थियो । बिद्यालयमा हाल ४० जना बिद्यार्थी र ६ जना शिक्षक रहेका छन । बिद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक संकलन अभियान सञ्चालन गरिएको बिद्यालय ब्यवस्थापन समितिका सदस्य तुल बहादुर खत्रीले बताउनुभयो । कार्यक्रमको अवसरमा साबिकको वाड स्तरिय पुरुष भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता लगायतका प्रतियोगिताहरु सञ्चालन गरिएको छ । समापन सत्रको अवसरमा प्रदेश सांसद चन्द्र बहादुृर बुढा सागरको प्रमुख आतिथ्यता रहने बिद्यालयले जनाएको छ । आजको कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung