
धवलागिरी बहुमुखी क्याम्पस बागलुङले क्याम्पसको ५६ औँ ार्षिकउत्सवको अवसरमा धवलागिरी अञ्चल अस्पतालका बिरामीहरुलाई फलफूल वितरण रेको छ । सो अवसरमा अञ्चल अस्पतालका २२ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
फलफूल वितरणपछि अञ्चल अस्पातलको प्रांगडमा आयोजित समापनमा बोल्दै क्याम्पस प्रमुख डाक्टर रामप्रसाद उपाध्यायले क्याम्पस र समुदायका बीचको सम्बन्ध प्रगाड बनाउने उद्देश्यले वार्षिकउत्सवका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको बताए ।
सोही कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष केवी रानाले सरकारको सम्पत्ति समुदायको भएको र समुदायको सम्पति व्यक्तिको भएकाले सबैले सरकारी सम्पतिलाई माया गर्नुपर्ने बताए ।
उनले आफू आएपछि अस्पताललाई नयाँ ढंगले अगाडि बढाउन लागेको बताउँदै एघार वर्षदेखि निर्माण पूरा हुन नसकेको भौतिक निर्माणको कामलाई अगाडि बढाइसकेको जानकारी पनि दिए । सो अवसरमा अस्पतालका निमित्त सुपरिटेन्डन डाक्टर सुरेन्द्र वी पौडेलले पनि मन्तव्य राखेका थिए ।
क्याम्पसले विविध गतिविधका साथ आफ्नो वार्षिकउत्सव सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रम छ । मूल समारोह सरस्वती पूजाका दिन आगामी माघ २७ गते हुनेछ ।