२९ असार २०८२, आईतवार

 

महेन्द्रनगरमा आइएमई इन्स्योरेन्सको शाखा विस्तार

 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीले कञ्जनपुरको महेन्द्रनगरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । आज उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरे ।

कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने उद्धेश्य रहेको बताए ।

कम्पनीको आज उद्घाटन भएको शाखा सहित ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब.२०७५।७६ को लागि माघ २२ गतेसम्ममा करिब ७० करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १अरब ७ करोड रहेको जानकारी दिंदै आज उद्घाटन भएको शाखा सहित ४४ शाखा तथा ११ सेवा काउण्टरबाट ग्राहक महानुभावहरुलाई सेवा दिईरहेको साथै २५० जना कर्मचारीहरुलकाई रोजगारी प्रदान गरिरहेको साथै नयां रोजगारीमा जोड दिई रहेको सेमत बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung