२५ असार २०८२, बुधबार

 

प्रहरीले गर्यो अंचल अस्पतालको सरसफाई

धौलागिरी अञ्चल अस्पताल परिसर सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यलय बागलुङ,नगर प्रहरी कार्यलय ,सामुदायिक प्रहरी सेवा केन्द्र वानपा १ रामरेखा तथा वानपा ३ गुठीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरसफाई गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्षक दीपक रेग्मी ,प्रहरी नायव उपरिक्षक चिरञ्जीवि कोइराला, धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष केवी राना , मेडिकल सुपरिटेन्डेण्ट डक्टर सागर राजभण्डारी ,नगर प्रहरी कार्यलयका प्रहरी सहायक निरिक्ष सुमन गैरेले जिल्ल प्रहरी कार्यलय महिला तथा वालवालिका शाखाका ईन्चार्ज अनु राई ,सामुदायिह प्रहरी सेवा केन्द्र रामरेखाका उपाध्यक्ष शम्भु आचार्य , सामुदायिक प्रहरी सेवा वानपा ३ का अध्यक्ष लिला खड्का लगाएत जिल्ला ,नगर तथा सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यर प्रहरी जवान हरुको सहभागितामा सरसफाई गरिएको थियो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम आयोजना गरिएको प्रहरी उपरिक्ष दीपक रेग्मीले वताउनु भयो ।

अस्पताल जस्तो पवित्र ठाउँलाई सधै सफा सुग्घर राख्नु सबैको दायित्व भएको प्रसाइले बताए ।

हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ प्रहरीले विभिन्न स्थानमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung