२४ असार २०८२, मंगलवार

 

युएस एकेडेमीको वार्षिकोत्सवमा बजार सरसफाई, मानव सेवा आश्रमलाई खाद्यान

बागलुङ । बागलुङ बजारमा रहेको युनिभर्सल सबलाइम एकेडेमीको १६ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आज बागलुङ बजारमा सरसफाइ गरिएको छ । विद्यालयको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बागलुङ बजारको सरसफाई गरिएको हो ।

ट्राफिकचोकदेखि विद्यालयसम्म युवा रेडक्रस सर्कल युएस एकेडेमीको संयोजनमा सरसफाइ गरिएको हो । विभिन्न चोकबाट ३ क्विन्टल फोहोर संकलन भएको विद्यालयले जनाएको छ ।

सो अवसरमा विद्यार्थी तथा शिक्षकको सरसफाई सम्बन्धि सचेनतामूलक ¥याली भएको थियो । उनीहरु स्वच्छ नगर हाम्रो रहर, स्वास्थ जीवन रकारात्मक सोच लगायतका चेतना मूलक नारा लेखेका प्लेकार्ड बोकेर ¥यालीमा सहभागी भएका थिए ।

सोही दिन विद्यालयले मानव सेवा आश्रममा खाद्यान वितरण गरेको छ । १० हजार मुल्य बराबरको चामल, दाल, तेल, आटा, भुजा, चाउचाउ इत्यादि लगायतका खाद्य समाग्री वितरण गरिएको विद्यालयका प्रिन्सिपल दल थापाले बताए ।

नेपाल रेडक्रस सोसाइटी बागलुङका उपकोषाध्यक्ष जिवननाथ शर्माको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । उनले विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा गरेको समाजसेवाको काम उदाहरणीय रहेको बताए ।

कार्यक्रममा स्वागत् विद्यालय शैक्षिक इन्चार्ज शिव शर्माले गरेका थिए । युवा रेडक्रस युसकाका अध्यक्ष सुजन कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक भिम शर्माले गरेका थिए ।


आजै विद्यालयका शिक्षक तथा अभिभावकको मैत्रीपूर्ण भलिवल प्रतियोगिता समेत सम्पन्न भएको छ । माघ २२ गतेदेखि सुरु भएको विद्यालयको वार्षिकोत्सव २७ गते सरस्वती पूजा तथा नयाँ बालबालिकाको विधिवत अक्षर आरम्भ गरि समापन हुनेछ । मूल समारोह शनिबार हुँदैछ । गण्डकी प्रदेशका सांसद् तथा विद्यालयका पूर्वशिक्षिका दिलमाया रोका दिपाको प्रमुख आतिथ्यतामा मूल समारोह हुने प्रिन्सिपल थापाले बताए ।

सो अवसरमा विभिन्न विधामा वर्ष विद्यार्थी घोषणा तथा सम्मान, शिक्षक तथा अभिभावक सम्मान, विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण लगायतका कार्यक्रम गरिनेछ । बागलुङ जिल्लामा लगातार तीन पटकसम्म उत्कृष्ट नतिजा प्राप्त गरी तत्तकाली जिल्ला शिक्षा कार्यालयबाट विद्यालय पुरस्कृत एवं सम्मानीत भइसकेको छ भने अहिले उक्त विद्यालयमा ४५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung