२९ असार २०८२, आईतवार

 

गुराँस शिक्षा सदन विद्यालयको मेयर पौडेलले गरे उद्घाटन

आधुनिक प्रविधिमैत्री जीवन उपयोगी शिक्षा दिने लक्ष्यका साथ संचालनमा आएको गुराँस शिक्षा सदन विद्यालयको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले आइतबार सरस्वति पुजाका दिन उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि मेयर पाडेलले विद्यार्थीको भविष्य शिक्षक र संचालकमा निर्भर रहेकोले संचालक र शिक्षक जिम्मेवार र जवाफदेहि भएर आफनो कर्तव्य पुरा गर्नु पर्ने विचार व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष , नेकपाका बागलुृडको नेता लालबहादुर थापा ,नेपाल रेडक्रस सोसाइटीका सभापति जब्बरबहादुर लामिछाने, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक गणेश थापा, श्रोत व्यक्ति ढकबहादुर पुन, नेपाल विद्यार्थी सघंका सह महामन्त्री हरिहर शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाली कांग्रेसका नगर सभापति तथा चिल्डेन लाइफ बोडिङ स्कुलका व्यवस्थापन समितिको अध्यक्ष महेन्द्र आचार्य, निलगिरि अस्पतालका अध्यक्ष डिलबहादुर कार्की, अभिभावक राजु केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङ नगरपालिका ८ मा सञ्चालित स्कुललाई २०७४ सालमा बागलुङ बजारमा नयाँ शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याइएको थियो ।यस विद्यालयलाई विद्यार्थी र अभिभावकको भरोसा योग्य नमुना विद्यालयको रुपमा विकास गर्न लागेकोले यस अभियानमा सबैको साथ रहेको प्रिन्सिपल निशान खड्काले जानकारी दिए । विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनको व्यवस्था रहेको छ ।

कार्यक्रममा लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान दिएको भनि सिद्धार्थ शिक्षा सदनका प्रिन्सिपल बालकृष्ण केसीलाई सम्मान गरिएको थियो ।विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता र प्रिन्सिपल निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung