१८ असार २०८२, बुधबार

 

नेपाल मावि ताराको स्वर्ण महोत्सव सम्पन्न

- १ करोड ६५ लाख रकम संकलन

नेपाल माध्यामिक विद्यालय ताराखोला गाउँपालिका ४ ताराको स्वर्ण महोत्सव आज सम्पन्न भएको छ । फागुन ७ गतेदेखि शुरु भएको महोत्सव बर्षा र हिमपातका कारण एकदिन ढिलो गरि आज सम्पन्न भएको हो ।स्वर्ण महोत्सवको अबसरमा प्राविधिक शिक्षा , कक्षा १२ सम्म नि :शुल्क शिक्षा र क्याम्पस संचालनका लागि आधार तयार पार्ने उदेश्यले संचालन गरिएको आर्थिक संकलन अभियानमा  १ करोड ६५ लाख संकलन भएको आर्थिक सयोजन नर बहादुर थापाले जानकारी दिए ।

स्वर्ण महोत्सवको अबसरमा देश बिदेशबाट संचालित अभियानबाट एक करोड संकलन गर्ने लक्ष्य लियकोमा अपेक्षा भन्दा बढी सफल हुन सकेको मुल आयोजक समितिका अध्यक्ष दिवस खत्री पदमले बताए उनले प्राप्त रकम मध्य केही रकम पुर्वाधार र्निर्माणका लागि प्राप्त भएकोले स्वर्ण महोत्सवको खर्च कटायर बाकी रकम बाट लक्ष्य अनुसारको कार्यक्रम अगाडि बढाइने बताए ।

समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थम प्रसाद रोकाले विद्यालयको प्रगती प्रतिबेदन र भाबी योजना प्रस्तुत गरेका थिए ।
आज सम्पन्न खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा देउराली युवा क्लब हिलको समुह प्रथम र देउराली युवा क्लब हिल कै समूह दित्तिय हुँदै क्रमश नगद ८० हजार र ५० हजार पुरस्कार हात पारेका छ्न ।

त्यस्तै आजै सम्पन्न शिक्षक र अभिभावक को मैत्रीपुर्ण भलिबल खेल मा अभिभावक को टिम बिजयी बनेको छ। स्वर्ण महोत्सव को अवधि भर विद्यालयले विद्यालयका सस्थापक, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , पुर्वप्र अ तथा शिक्षक विद्यालयमा अध्ययन गरि शिक्षा , निजामती ,बैंकिङ तथा विभिन्न क्षेत्रमामा प्रवे श गरेका पुर्व बिद्यार्थी, स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरु साथै चन्दादाता लाई सम्मान गरिएको थियो ।

यसै गरि प्रतियोगितात्मक कार्यक्रम तर्फ प्रावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता , आधारभुत तहको छात्र भलिबल ,माबि तहको बक्तृत्वकला , सामुहिक सास्कृतिक नृत्य , खुला वडास्तरिय महिला तथा पुरुष भलिबल लगायतका कार्यक्रम सम्पन्न गरेको खेलकुदसंयोजक लोक बहादुर क्षेत्रीले जानकारी दिए ।समापन कार्यक्रम स्वर्ण महोत्सव मुल आयोजक समितीका अध्यक्ष दिवस खत्री पदमको अध्यक्षता र शिक्षक विवेक परियारको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung