
१८ फागुन ,बागलुङ .बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा अवस्थित जनहित माध्यमिक विद्यालयमा शिक्षक,अभिभावक,विद्यार्थीहरुका लागि एक दिने सकारात्मक सोच,उत्प्रेरणा पठन संस्कृति (अध्ययन संस्कृति ) अभिवृद्धि गरि व्यक्तित्व विकास गराउने उद्धेश्यले अनुशिक्षण कार्यक्रम जनहित शिक्षा कोष,२०६४ मल्मको आयोजनामा सम्पन्न भएको छ ।
विद्यार्थीहरुमा घटदो पठन पाठन संस्कृतिलाई बढाउनको लागि र व्यक्तित्व विकास गर्नलाई जागरण वढाउनको लागि जनहित माध्यमिक विद्यालय,मल्म, प्रगति आधारभुत विद्यालय,मल्म गलकोट, दिप ज्योति आधारभुत विद्यालय,मल्म पाण्डुकेशरी आधारभुत विद्यालय मल्म,नेटा आधारभुत विद्यालय मल्म, देउराली आधारभुत विद्यालय मल्म गलकोट बागलुडका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यार्थीहरुका लागि सम्पन्न भएको छ ।
सो विद्यालयहरुको कक्षा ९ र १० का जम्मा विद्यार्थी तथा शिक्षक ,अभिभावक गरी ११६ जनाको लागि अनुशिक्षण तथा सहजीकरण भएको थियो ।विद्यार्थीहरुमा सकारात्मक सोच विकास गर्ने,पठन संस्कृतिको विकास गर्न उत्प्रेरणा गराउने उद्धेश्यले एक दिने प्रशिक्षण कार्यक्रमको सहजीकरण तमानखोला गाउँपालिकाका लेखापाल याम बहादुर थापा मगरले सम्पन्न गरेका थिए ।
जनहित शिक्षा कोष २०६४ मल्ल गल्कोटका प्रबन्ध निर्देशक राज थापा, गल्कोट नगरपालिका वडा नं.७ मल्मका वडा सदस्य मिना दर्जी, पदमा नेपाली, श्रोत व्यक्ति बम बहादुर थापा, पत्रकार थम्मन थापा सन्देशको उपस्थिति रहेको थियो ।
जनहित माध्यमिक विद्यालय गल्कोट मल्म बागलुडको अनुशिक्षणमा विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापा,कृष्ण बहादुर थापा,घनश्याम थापा तथा प्रधानाध्यापक विष्णु प्रसाद गौतम , शिक्षक राम चन्द्र गौतम, सरोज पाण्डे, भविन्द्र गौतम,सुशिला देवी गौतम,डोल बहादुर के.सी. देव बहादुर खत्री, थम्मन बहादुर थापा, उमा थापा,प्रतिमा राना मगर, मिरा खडका,टिका थापा लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै प्रगति आधारभुत विद्यालय गल्कोट मल्मका व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापा र प्रध्यानापक कृष्ण गौतम, देउराली आधारभुत विद्यालय मल्मका व्यवस्थापन समितिका अध्यक्ष शिब बहादुर चोखाल र प्रध्यानापक केयरसिङ थापा, नेटा आधारभुत विद्यालय,मल्मका व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर कार्की र प्रध्यानापक शान्ती दर्जी, पाण्डुकेशरी आधारभुत विद्यालय मल्मका व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर मल्ल र प्रध्यानापक कल्याण थापा र दिप ज्योति आधारभुत विद्यालय मल्मका व्यवस्थापन समितिका अध्यक्ष वसन्त क्षेत्री र शिक्षक वीर बहादुर चोखालको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन जनहित शिक्षा कोष २०६४ का प्रबन्ध निर्देशक राज थापाले गर्नु भएको र मन्तव्य गल्कोट नगरपालिका वडा नं. ७ का सदस्य मिना दर्जी,जनहित माध्यमिक विद्यालयका प्राध्यानापक विष्णु प्रसाद गौतम,शिक्षिका सुशिला देवी गौतम, दिप ज्योति आधारभुत विद्यालय मल्मका शिक्षक वीर बहादुर चोखाल,प्रगति आधारभुत विद्यालय,मल्मका विद्यार्थी निशासन विसीले व्यक्त गरेका थिए ।
गलकोट नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी,शिक्षक, अभिभावकहरुलाई अनिवार्य रुपमा पठन संस्कृति,सकारात्मक सोचका विषयमा अनुशिक्षण गराउन जरुरी भएको शिक्षा कोषका प्रबन्ध निर्देशक राज थापाले बताउनु भयो । पाण्डवखानी,काँडेवास,हटिया,हरिचौर,दुदिलाभाटी,नरेठाटी, ताराखोला गाउँपालिकाका विद्यालयहरुमा अनुशिक्षण संचालन गर्न श्रोत र साधनको अभाव नभएको खाली सोच र व्यवस्थापनको मात्र खाँचो भएकोले मेला,महोत्सवमा लाखौ खर्च गर्नेले सानो लगानी अनुशिक्षणमा गर्न पहल गर्नु पर्ने समेत बताउनु भयो ।
जनहित शिक्षा कोष २०६४ मल्मको तर्फबाट सहजकर्ता याम बहादुर थापालाई वडा सदस्य मिना दर्जी,विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण बहादुर थापा, प्रध्यानापक विष्णु प्रसाद गौत, प्रबन्धक निर्देशक राज थापाले मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।
यस भन्दा अगाडी न्यू मोडेल इगलिस बोर्डिङ स्कुल रेश, काठेखोला, रेश नुन्थला माध्यमिक विद्यालय,रेश,काठेखोला, शिवालय आधारभुत विद्यालय भकुण्डे,चौतारे डाडा माध्यमिक विद्यालय भकुण्डे, मगला आधारभुत विद्यालय तमानखोला, खोलेस्वाङ आधारभुत विद्यालय,बोगादोभान, विष्णु आधारभुत विद्यालय नर्जाखानी, हिल साइड बोर्डिङ स्कुल तमान,शान्ति माध्यमिक विद्यालय खुंखानी, जनजागृति माध्यमिक विद्यालय,बोगादोभान, धन गौ ज्योति माध्यमिक विद्यालय तमान, प्रकाश माध्यमिक विद्यालय खुंगा,त्रिभुवन माध्यमिक विद्यालय खरवाङमा अध्ययन संस्कृति विकास गर्न, अनौपचारिक शिक्षा हासिल गर्नको लागि उत्प्रेरणामुलक अभियान थालनी गर्न प्रशिक्षण गरेका थिए ।
जिल्ला भरी हालसम्म युवा विद्यार्थी,शिक्षक,अभिभावक,कर्मचारी समेत गरी ३ हजार जनाको लागि अनुशिक्षण भएको जानकारी समेत सहजकर्ता याम बहादुर थापाले बताए ।
प्रशिक्षणमा स्थायी साथी किताब बनाउनु पर्ने,पुुस्तकालयमा अध्ययन गर्ने बानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकमा अनिवार्य फोटो खिचेर फेसबुकमा अपलोड गर्ने,जन्म दिवस,नयाँवर्ष,दशै तिहारमा पुस्तक उपहार दिने संस्कारको विकास गर्ने,वाक कलाको विकास गरी व्यक्तित्व विकास निर्माणमा ध्यान दिने,दया लाग्दो जिवन शैली नभई डाह लाग्दो जिवन शैली अपनाउनको लागि संघर्षशील जिवनयापन गर्ने, खोज अनुसन्धानमुलक अध्ययनमा निरन्तर लागि पर्ने जस्ता विभिन्न शैलीको अनुशीक्षण गरिएको थियो ।