२५ असार २०८२, बुधबार

 

शिक्षामा रहेका चुनौतिभित्र अवसर खोजिरहेका छौं : नगरप्रमुख गैरे

गलकोट।   गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले  सरकारले स्थानीय तहलाइ शैक्षक व्यवस्थापनकाे जिम्मा दिएपनि चुनाैति रहेकाे  बताएका छन् ।

प्रगति आधारभुत विद्यालय गलकोट नगरपालिका ७ मल्मको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । गलकोट नगरभित्र शिक्षा क्षेत्रको विकास र स्तरोन्नतिको निमित्त विद्यार्थी अनुसारको शिक्षक दरबन्दी मिलान कार्य छिट्टै गरिने नगर प्रमुख गैरेको भनाई छ ।

गैरेले केन्द्रिय सरकार र प्रदेश सरकारका कतिपय संवैधानिक अडचनका कारण सबै कार्य सम्पादनमा कठिनाई भएको समेत उल्लेख गरे। सो अवसरमा गलकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक हिमबहादुर भण्डारी हेमन्त, गलकोट नगरपालिका -७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापा, शिक्षक अभिभावक संघका संयोजक लोकबहादुर थापा, एकता युवा मञ्चका अध्यक्ष थम्मन थापा सन्देश र विद्यार्थी निशान विसीले शुभकामना मन्तव्य राखेका थिए  । वार्षिकोत्सवको अवसरमा विद्यालयमा एकता युवा मञ्चले वि. सं २०७३ मा स्थापना नगद १ लाखको अक्षयकोषबाट मञ्चका पदाधिकारीहरुद्वारा ४ जना विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । त्यस्तै विद्यालयका प्रधानध्यापक नगेन्द्र बहादुर मल्लले विद्यालयको वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य तथा प्रतिभा प्रस्तुत गरेका थिए । वार्षिकोत्सवमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै अक्षयकोषकर्तालाई सम्मानसमेत गरिएको थियो । वार्षिकोत्सव प्रगति आधारभुत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको अध्यक्षता, सहायक प्रधानध्यापक कृष्णप्रसाद गौतमको स्वागत र शिक्षक अनिशा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung