२७ असार २०८२, शुक्रबार

 

भोलि हुने परीक्षाको प्रश्नपत्र पनि बाहिरियो

काठमाडौं । प्रदेश नम्बर २ मा माध्यामिक शिक्षा परीक्षा (एसईई) का सबै प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ । शनिबारको लागि परीक्षा तय भएको स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा बिषयको प्रश्नपत्र समेत सामाजिक सञ्जालमार्फत् बाहिरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस सम्बन्धमा छानबिन थालेको छ । यसअघि प्रदेश २ मा विज्ञान बिषयको प्रश्नपत्र बाहिरिएको थियो । त्यसबारे छानविन गर्न शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung