२४ असार २०८२, मंगलवार

 

स्थगित एसईईको परीक्षा चैत्र २२ देखि २९ सम्म

काठमाडौं । एसईईको प्रश्न पत्र आउट भएपछि प्रदेश २ मा स्थगित गरिएको परीक्षा २२ गते शुक्रबारबाट गर्ने तयारी शिक्षा मन्त्रालयले तयारी गरेको छ । बोर्डको विहान बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गराएको छ ।

नयाँ मिती तय गरेर गर्न लागिएको परीक्षामा पुरानै तालिका अनुसार क्रम निर्धारण गरेर गर्न लागिएको छ । अघि प्रश्नपत्र आउट भएर रोकिएको विज्ञानको परीक्षा २२ गते र २३ गते सामाजिकको हुने छ । अरु पहिलेकै तालिका अनुसार हुनेछ । लगातार प्रश्नपत्र आउट भएपछि गत शुक्रबार साँझ सरकारले बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

रातीको हावा हुरीले प्रदेश २ मा मानविय क्षति सहित ठुलो परिणामममा धनजनको क्षति भएको छ ।

केही विद्यालय तथा पर।ीक्षा केन्द्रमा समेत असर पुगेको छ । त्यसलाई व्यवस्थापन गर्नेगरी प्रदेश २ को स्थगित परीक्षा गर्न लागिएको बोर्डले जनाएको छ ।
परीक्षा बोर्डका दुर्गा अर्यालले प्राकृतिक प्रकोपले पुर्याएको क्षतीका बारेमा पनि बैठकमा त छलफल भयो तर परीक्षा आउन ५ दिन बाँकी नै भएकाले त्यतिबेला सम्म अवस्था सामान्य हुने अपेक्षा गरिएको बताए । उनले भने ‘यदी कुनै केन्द्रमा समस्या भयो भने तत्काल विकल्पका रुपमा अन्य स्थानमा गर्ने अधिकार स्थानीय प्रशासनसँग हुनेछ ।’ आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा  जनधनको ठूलो क्षती भएको छ । गृह मन्त्रालयका अनुसार २७ जनाको मृत्यु भएको छ । ५ सय भन्दा बढी घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung