३२ असार २०८२, बुधबार

 

शैक्षिक गन्तव्यको रुपमा विकास हुँदै गरिमा डिग्निटि आवासिय मावि

काठमाडौं । गरिमा डिग्निटि आवासिय मावि शैक्षिक गन्तव्यको रुपमा विकास हुन थालेको ।अनुशासन ,सृजनशिल अभ्यास ,गुणस्तरीय अध्ययन र चरित्र निर्माणमा विद्यालयले ध्यान दिन थालेपछि यस विद्यालय अभिभावक र विद्यार्थीको रोजाई पर्न थालेको छ ।

हामीले विद्यार्थीको सिकाई उपलब्धीको साथ साथै उनीहरुको रुचि अनुसार विषयगत पढाईलाई पनि विशेष ध्यान दिन थालेकोले विद्यालयको नयाँ छवि निर्माण हुन थालेको र  विद्यालय आकर्षण केन्द्र बनेको विद्यालयका प्रिन्सिपल श्याम प्रसाद शर्माले बताए  । उत्कृष्ट परिणाम सधै हाम्रो प्राथमिकतामा रहेकोको छ ।

अन्य विद्यालयले गरेका असल अभ्यासको अध्ययन ,नयाँ नयाँ आविष्कार , सूचना प्रविधिमा आएको परिवर्तन प्रतिको लगाव र विद्यार्थीको मनोविज्ञान अनुसार जवाफदेहि सक्षम शिक्षकको व्यवस्थामा मुख्य जोड दिएको छ ।

विद्यालयले अध्ययन , अभ्यासको साथसाथै विद्यार्थीको सृजनशिल विकासको लागि अतिरिक्त क्रियाकलापमा राम्रो लगानी गरेको छ ।प्रत्येक वर्ष विद्यालयले गरिवा च्यापेन्सिप क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।बालबालिकाहरुको बदलिदो आवश्यकता र आनी बानी व्यहोरालाई बुझेर व्यवहार गर्न सके कमजोर विद्यार्थीले पनि पढाईमा सुधार ल्याउँन सक्ने र नतिजामा पनि उलेख्य सुधार हुने प्रिन्सिपल शर्मा बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung