
विराटनगर । शनिबार बिहान डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेतको शव भएको स्थानको सीसीटीभी फुटेज बाहिरिएको छ । फुटेजमा रिनाको शव भेटिएको सडकमा मध्यरातमा एउटा रिक्सा गुडेको देखिन्छ । चालकको अनुहार चिनिँदैन तर, रिक्सामा केही देखिन्छ । केही घन्टापछि फेरि रिक्तो रिक्सा त्यही सडकमा गुड्छ । यसले रिनाको मृत्युबारे अनेक अड्कल काटिरहेका स्थानीयले अर्को अख काट्छन्, ‘रिक्सामा देखिएको अज्ञाव बस्तु हत्या गरेर फाल्न गरेको रिनाको शव हुनसक्छ ।’
घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई पनि सीसीटीभी फुटेजले आकर्षित गर्छ । प्रहरीले मध्यरातमा सीसीटीभीमा कैद भएका ठेला सञ्चालकको पहिचान पनि गरेको छ । तर, उनको रिना मृत्य प्रकरणमा संलग्नता नदेखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ठेला चालक तरकारी पसलमा काम गर्ने मजदुर भएको खुलेको छ । ‘राति ठेला कुदाउँदै आएका व्यक्ति मजदुर हुन्’ प्रहरीले भनेको छ ।
प्रहरीकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोष्टमार्टमको प्रारम्भीक रिर्पोट आएको छ तर, हत्या गरेर फालेको प्रमाण भेटिएको छैन । स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकको हालेको हुनसक्ने आशंका गरेका थिए । तर प्रारम्भीक रिपोर्टमा बालात्कार भएको प्रमाण पनि देखिएको छैन ।
प्रहरीले रिनाका प्रेमी भनिएका नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–३ घर भई पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
हेर्नुहाेस् सिसिटिभी फुटेज