२९ असार २०८२, आईतवार

 

मकालुमा यतीको पाइला !

काठमाडौं। भारतीय सेनाले मकालु हिमालमा हिममानव यतीको पाइला भेटिएको दाबी गरेको छ ।

आफ्नो पर्वतारोहण टोलीले मकालु आधारशिविरनजिक यतीको पाइला भेटेको भारतीय सेनाको आमसञ्चार विभागले जनाएको हो । विभागको आधिकारिक ट्विटरमा सोमबार केही तस्बिर पनि पोस्ट गरिएको छ ।

‘पहिलोपटक भारतीय सेनाको पर्वतारोहण टोलीले ९ अप्रिल २०१९ मा मकालु आधारशिविरनजिक रहस्यमयी जन्तु यतीको ३२८१५ इन्च नापको पाइला भेटेको छ । हिममानव यती यसभन्दा पहिले मकालु–वरुण राष्ट्रिय निकुञ्जमा मात्र देखिएको थियो,’ पोस्टमा उल्लेख छ ।

नेपालको हिमालय क्षेत्रमा यती र यतीको पाइला देखिएको दाबी यो पहिलो होइन । यद्यपि यसको ठोस प्रमाण अहिलेसम्म कसैले दिन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung