२६ असार २०८२, बिहीबार

 

जेट एयरवेज बन्द,काठमाडौं-दिल्ली गर्ने यात्रुलाई महंगो टिकट किन्नु पर्ने बाध्यता

काठमाडौं । नयाँ दिल्ली–दिल्ली काठमाडौं उडान गर्दै आएको जेट एजरवेज घाटाका कारण बन्द भएपछि दिल्ली-काठमाण्डौ गर्ने यात्रुलाई टिकट महंगोमा किन्नु पर्ने समस्या सिर्जना भएको छ । काठमाडौं –दिल्ली र दिल्ली–काठमाडौं गर्ने यात्रुलाई ट्राभल एजेन्सीहरुले उडान कम भएको कारण देखाउदै महंगोमा टिकट बेच्ने गरेका छन् ।

सामान्य अवस्थामा १० हजार नेपाली देखि १६ हजार रुपैयाँ सम्म पर्ने दिल्ली–काठमाडौं, काठमाडौं–दिल्ली प्लेन फेयर अहिले ३० देखि ४० हजार सम्म पुर्‍याइएको छ । जेट एजेयरवेजले दिल्ली–काठमाडौं, काठमाडौं–दिल्ली दैनिक ३ देखि ४ वटा उडान भर्दै आएको थियो । उक्त उडान बन्द भएपछि स्पाइश जेट एयरवेजले दिल्ली काठमाण्डौं बन्द उडान फेरी शुरु गरेको छ ।

त्यसैगरी नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स, डुक एयरलाईन्स, इण्डिगो एयरलाइन्स लगायतका एयरलाइन्सका उडान जारी छन् । तर पनि दिल्ली–काठमाडौं, काठमाडौं-दिल्ली उडान गर्नुपर्ने यात्रीका लागि ट्राभल एजेन्सीले महंगो टिकट बिक्रि गर्दैं आएका छन् । यात्रुहरु दिल्ली भएर यात्रा गर्दा महंगो टिकट खरिद गर्नु परेपछि यात्रु काठमाडौं–बनारस भएर दिल्ली समेत जाने गरेका छन् । साथै बसबाट समेत यात्रा गर्न बाध्य हुने गरेका छन् ।

बुद्ध एयरवेजका बनारस कार्यालयका प्रवन्धक सुमित घिमिरेका अनुसार जेट एयरवेज बन्द भएपछि दिल्ली-काठमाडौं गर्ने यात्रु मारमा परेको बताए । उनले भने त्यसले गर्दा बुद्ध एयरको काठमाडौं-बनारस उडानमा समेत प्रभाव देखिएको छ । हप्तामा दूई दिन बनारस-काठमाडौं उडान भर्दै आएको बुद्धले थप उडान गर्ने योजना बनाइरहेको उनले बताए । बनारसका दुइ उडान पनि सिट फुल हुने गरेको उनले बताए । दिल्लीको हवाई यात्रा महंगो भएपछि यात्रु बनारसको रुटमा स्थान्तरण भएको उनको भनाई छ ।

त्यसले गर्दा काठमाडौंबाट दिल्ली जाने यात्रु अतिरिक्त समयमा बनारस भएर दिल्ली जान सक्ने संभावना रहने उनले बताए । उनले भने ‘जेट एयरवेज बन्द भएपछि यात्रुलाई समस्या परेको छ ।’

उपचारका लागि दिल्ली पुगेका भैरहवाका हरि घिमिरेले प्लेन टिकट महंगो भएकोले गोरखपुरसम्म भारत कैं आन्तरिक उडानमा जाने र त्यसपछि गाडी भाडा गरेर नेपाल पुग्ने योजना रहेको उनले सुनाए । नारायणगढका हरि सापकोटाले मेदान्ता अस्पतालमा उपचारका लागि आएको भएपनि फर्किने बेलामा भनेको समयका हवाई टिकट नपाएको बताए । उनलाई पनि ट्राभल एजेन्सीले जेट एयरवेज बन्द भएपछि यात्रुलाई भनेको समयमा टिकट पाउन समस्या रहेको उत्तर दिएको सुनाए । त्यसैले गोरखपुरसम्म ट्रेन र त्यसपछि गाडीबाट यात्रा गर्ने तयारी रहेको उनले बताए । उनले भने ‘यही बाहनामा महंगोमा एयर टिकट बिक्रि भैरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung