२६ असार २०८२, बिहीबार

 

टिपरको ठक्करबाट १२ कक्षाको परीक्षा दिएर फर्कदै गरेकी युवतीको मृत्यु

बुटवल । टिपरको ठक्करबाट १२ को परीक्षा दिएर फर्किदै गरेकी पुष्पा भण्डारीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२ तामनगरकी १९ वर्षकी भण्डारीको मृत्यु भएको हो ।

उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन् । स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । दोषिलाई तुुरुन्त कारबाहीको माग गर्दै सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । दोषिलाई तत्काल पक्राउ गरी कारबाही नगरे सडक नै ठप्प पारेर थप आन्दोलन गर्ने नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइ सभापति महेश शर्मा पौडेलले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung