
फाइल तस्बिर
काठमाडौं । कोटेश्वरस्थित बीच सडकमा भेटिएको भनिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस (टाइम आईडी) सानो घरेलु बम रहेको महानगरीय प्रहरी काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो ।