२४ असार २०८२, मंगलवार

 

सहकारीलाई जनहितमा प्रयोग गरौँ – अध्यक्ष श्रेष्ठ

बागलुङ । बागलुङ बजारको फोहर मैला व्यवस्थापन र वातावरण संरक्षणको लागि सहकारीलाई जनताको हितमा प्रयोग गर्न नागरिक सञ्चार प्रालिको अध्यक्ष पुष्पमान श्रेष्ठले अपिल गरेका छन् ।

फोहर मैला व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले आयोजना गरेको नागरिक समाजसँगको अन्तक्रियामा अध्यक्ष श्रेष्ठले त्यस्तो बताएका हुन् । समाजलाई सफा राख्न नागरिकमा सरसफाइको चेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ । सहकारी मार्फत बचत गरे भविष्यमा धेरै काम गर्न सकिने बताउँदै देशलाई आर्थिक हिसाबले बलियो बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बागलुङ बजारमा ३ हजार पाँच सय नागरिक फोहर मैला सहकारीको उपभोक्ता रहेछ, उनले भने, ‘विस्तारै नागरिकलाई शेयर सदस्य बनाएर मासिक एक हजार बचत गर्न लगाए वर्षमा ३५ लाख जम्मा हुन्छ । यसरी जम्मा गरेको रकमले देशको अर्थतन्त्रपनि बलियो हुन्छ ।’

बचतले निम्न आय स्रोत भएका व्यक्तिहरुको जीवन सुधार हुने भन्दै आजैबाट प्रत्येक नागरिकले त्यसको शुरुवात गर्नुपर्ने बताएका छन् । प्रतिव्यक्ति आय बढाउन समूहमा बचत गर्ने बानीको विकाससँगै बचत गरेको रकम आम्दानी हुने क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।

कार्यक्रम बागलुङ नगरपालिकाको मेयर जनकराज पौडेलले फोहोर मैला सहकारीले आफ्नो व्यवस्थापकीय शैलीमा सुधार गरेर नगरपालिकासँगको सम्झौता अनुसार नगरको सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिका पूर्व उपमेयर पघचन्द्र राजभण्डारी ,बागलुङ नगरपालिकाको उपमेयर सुरेन्द्र खड्का , वडा अध्यक्ष लक्ष्मी बास्कोटा , धुब्र केसी ,जनता सञ्चार सहकारीको अध्यक्ष हिमाल शर्मा ,नयाँ विश्व डटकमको सम्पादक मुकेश राजभण्डारी लगायतले मन्तव्य राखेका थिए । फोहर मैला तथा वातावरण संरक्षण सहकारीको अध्यक्ष सुधिर श्रेष्ठको अध्यक्षता संचालन भिमसेन पन्तको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung