२५ असार २०८२, बुधबार

 

नियन्त्रणमा लिएको ६ ट्रक मलखाद छोड्न प्रशासनलाई केन्द्रको दबाव

- मन्त्रालय र मन्त्रीले अनभिज्ञता प्रकट,कर्मचारी भण्डारी पटक–पटक सम्पर्क गर्दापनि सम्पर्कमा आउन चाहेनन्

काठमाडौं । कृषकलाई खेती गर्ने समयमा मलखाद उपलब्ध नगराई मन्त्रालयबाटै प्लाई उद्योगलाई उपलब्ध गराइएको ६ ट्रक मलखाद कपिलवस्तु प्रशासनले नियन्त्रणमा लिएको ४८ घण्टा बित्दापनि कृषि मन्त्रालय र कृषिमन्त्री बलदेव खनाललले अनभिज्ञता प्रकट गरे । प्रशासनले मल छोड्न व्यापारीहरुले दवाव सिर्जना गरिहेको जनाएको छ ।

तर कुन तहबाट दबाव आएको हो, भन्ने कुरा प्रशासनले खुलाउन चाहेन् ।

भारतीय मालबाहक ट्रकमा १ सय ३२टन युरिया मल कपिलवस्तु प्रशासनले शनिवार कृषिमन्त्री खनाल कै जिल्लामा कब्जामा लिएको छ ।  किसानलाई मल उपलब्ध गराउन नसकिरहेको बेला कृषिमन्त्री खनालको गृहजिल्ला कपिलवस्तुमा प्लाई उद्योगले मन्त्रालयको सिफारिसमा झिकाएको ६ ट्रक युरिया मल जिल्ला प्रशासन कार्यालयको कब्जामा छ । सिफारिश गर्ने मन्त्रालय र मन्त्रीले अनभिज्ञता प्रकट गर्नुले खेतीको सिजनमा मलखाद उद्योगलाइ मात्र उपलब्ध गराउनुले कालोबजारीलाई उनले संरक्षण गरेको स्थानीयले आशंका गरेका छन् ।
प्रजिअ अजुर्न प्रसाद पोख्रेलले  प्रहरी नियन्त्रणमा रहेको मलका बारेमा अझै कुनै निणर्य नभएको बताए । मन्त्रालयले कपिलवस्तुको शिवराज नगरपालिका– ६ स्थित पशुपति र जयअम्बे प्लाई उद्योगलाई १ सय ३२ टन युरिया मल उपलब्ध गराएको पत्र छ ।

कृषिमन्त्री बलदेव खनालका स्वकीय सचिव सरोज खनालले जिल्लामा नियन्त्रणमा लिएको मल बारेमा अनभिज्ञता प्रकट गरे । उनले भने ‘हामीलाई जानकारी नै छन् । मन्त्रालयमा बुझ्छु ।’ मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीले यस बारेमा आफुले शिफारिश गर्ने निकायका कर्मचारीलाई बुझ्ने जानकारी गराए । शिफारिश गर्ने कर्मचारी नेत्र बहादुर भण्डारीले पटक पटक सम्पर्क गर्दापनि सम्पर्कमा आउन चाहेनन् । उनले फोन सम्पर्कलाई विस्थापित गर्दै बसे्का छन् ।
जिल्लामा यस बारेमा कृषि मन्त्रीलाई जाडेर चर्चा भैरहेको छ । खेतीको समयमा मलखाद नपाइनु तर उद्योगी व्यपारीलाई मन्त्रालयबाट ट्रकका ट्रक मलखाद उपलब्ध गराइएको भनेर स्थानीयले आक्रोश व्यक्त छन् ।  मल हाहाकार भएको बेला नानाथरी भाषण गरेर जनतालाई भ्रममा पार्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री खनालले प्लाई उद्योगलाई उपलब्ध गराएको स्थानीय बासिन्दाको आरोप छ ।
स्रोतका अनुसार मल अशोक अग्रवाल र रोमन सिलाकार गरेका  उद्योगी व्यापारीकाे पहुँचमा उद्योगी व्यापारीले उद्योगी व्यापारीले ल्याएका हुन् । तर उनीहरुको नियत भने शंकास्पद छ । व्यापारी सिलाकार नेकपा (माओबादी) का भक्तपुर बाट पराजित प्रदेश सभाका उमेद्धवार रहेको जानकारी हुन आएको छ । पार्टी र सरकारको पहँुचमा ती व्यापारीले मलखाद भारतबाट झिकाएको स्थानीय एक पत्रकारले जानकारी गराए ।

उनले भने ‘खेतीको समयमा मझौला उद्योगले यति ठुलो परिणाममा मल ल्याउनु आफैमा शंकास्पद छ ।’ मझौला उद्योगका लागि एकै पटकमा ल्याउन दिने मन्त्रालयका कर्मचारी र व्यापारीको मिलोमतो रहेको ती पत्रकारले औल्याए । जिल्लामा नियन्त्रणमा लिएको ट्रक अहिलेसम्म पनि प्रशासनको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung